क्लिन स्विपबाट जोगिन नेपाललाई २८५ रनको लक्ष्य

२०८० चैत्र २५, आईतवार १३:०६

काठमाडौं । आयरल्यान्ड वल्भ्ससँगको तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विपबाट जोगिन नेपाल ए ले २ सय ८५ रनको लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो ।

आयरल्यान्डका लागि ओपनर स्टेफन डोहानीले १ सय २९ बलमा ८ चौका र २ छक्काको सहयोगमा १ सय ७ रनको शतकीय ईनिङ खेले । करियरको पहिलो शतक उनले १ सय २६ बलमा पुरा गरेका थिए । पिजे मोरले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४४ रन बनाए । मोर्गान टोपिङले ३६ बलमा २१ तथा फियोन ह्यान्डले २१ बलमा २० रन बनाए । गोभिन होयले १० बलमा १४ रन बनाए ।

नेपाल ए का लागि रन्जित कुमार तथा रिजन ढकालले समान तीन तीन तथा विकास आग्री र साशाब आलमले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy