नेपालले थाइल्यान्डलाई दियो ८२ रनकाे लक्ष्य

२०८१ माघ २५, शुक्रबार १३:५४

काठमाडौँ । महिला त्रिकोणात्मक टी-२० आई सिरिजको अन्तिम खेलमा नेपालले थाइल्यान्डलाई ८२ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा शुकबार टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ओभरमा विकेट गुमाएर रन बनायो।

नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १९ रनको योगदान दिइन्। उनले २९ बलमा एक चौका समेत प्रहार परिन्। बिन्दू रावल ७, पूजा महतो ६, रुबिना क्षेत्री चार, सीता राना मगर ७ तथा राजमती ऐरी ११ रन बनाउँदै नटआउट रहिन्।

थाइल्यान्डको लागि ओनिचा कामपोचुमले सर्वाधिक तीन विकेट लिइन्। त्यस्तै, थाइल्यान्ड्की चन्दिा सुतिरंग, तथा सुलिपोरन लोमीले समान एक एक विकेट लिए।

यसप्रतियोगितामा यसअघिका सबै पाँच खेलमा नेपाल पराजित भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy