नरेनको कप्तानीमा नेपालले यु-१९ विश्वकप एसिया छनोट खेल्ने

२०८१ चैत्र २५, मंगलवार १९:१०

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट खेल्ने नेपालो अन्तिम टोली घोषणा गरेको छ।

क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।

टोलीमा अभिषेक तिवारी, नीरजकुमार यादव, साहिल पटेल, चिब्रन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्रजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा छन्।

नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यी दुईबीचको खेल माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अप्रिल १३ मा हुनेछ। नेपालले दोस्रो खेल अप्रिल १६ मा हङकङसँग खेल्नेछ। यस्तै, अन्तिम खेल अफगानिस्तानसँग खेल्ने क्यानले जनाएको छ।

खेल तालिका ;

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy