बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

२०८२ जेष्ठ ५, आईतवार ०८:२६

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट स्टेडियममा बर्षाका कारण खेल हुन नसकेपछि रद्द गरिएको हो। खेल रद्द  भएपछि रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सले एक एक अंक बाँडेका छन्।

यो खेलपछि रोयल च्यालेन्जर्स बैंगलुरु अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ। बैंगलुरुको १२ खेलमा १७ अंक भएको छ।

त्यस्तै कोलकोताको प्लेअफको सम्भावना भने समाप्त भएको छ। कोलकोताको १३ खेलमा १२ अंक मात्र रहेको छ र हाल छैटौं स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy