मुम्बईलाई हराउँदै पञ्जाव शीर्ष स्थानमा

काठमाडौँ। मुम्बई इण्डियन्सलाई पराजित गर्दै पञ्जाव किंग्स इन्डियन प्रिमियर लिग -आईपीएल_ काे शीर्ष स्थानमा उक्लिएकाे छ।

साेमबार सम्पन्न खेलमा पञ्जावले मुम्बईलाई ७ विकेटले पराजित गरेको हो।

मुम्बईले प्रस्तुत गरेकाे १८५ रनको लक्ष्य पछाएको पञ्जावले १८.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

पञ्जावको जितमा जोश इंगलिसले ७३ रन बनाए भने प्रियांस आर्याले ६२ रन बनाएका थिए। त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित २६ रन बनाए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाएका थिए। त्यस्तै रयान रिकेलटनले २७, हार्दिक पाण्डेयले २६, रोहित शर्माले २४ रन बनाएका थिए।

पञ्जावका अर्शदीप सिंह, मार्को जानसेन र विजय कुमार वैश्यकले २-२ विकेट लिएका थिए भने हरप्रित ब्रारले एक विकेट लिएका थिए।

जितसँगै पञ्जाव किंग्सको १४ खेलमा १९ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ। पञ्जाव शीर्ष दुईमा रहेर प्लेअफ खेल्ने निश्चित भएको छ।

त्यस्तै मुम्बईको यो हारपछि शीर्ष दुईमा पुग्ने सम्भावना समाप्त भएको छ। मुम्बईको १४ खेलमा १६ अंक रहेको छ र चौथो स्थानमा रहेको छ।

अब लिग चरणको अन्तिम खेल मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुने छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy