गुजरातमाथि लखनउको जित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई पराजित गर्दै सिजनको छैठौं जित दर्ता गरेको छ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा बिहीबार भएको यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा दुई विकेट गुमाउँदै २३५ रन बनाएको थियो।

जवाफमा गुजरातले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २०२ रन मात्र बनाउन सक्यो। घरेलु मैदानमा लगातार चार जितपछि गुजरातको यो पहिलो हार हो।
पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। लखनउ भने यस अघि नै आईपीएलबाट बाहिरिएको छ।

लखनउ १२ अङ्क सहित छैटौँ स्थानमा छ। गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy