बैंगलुरु फाइनलमा

२०८२ जेष्ठ १७, शुक्रबार ०६:३४

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु इन्डियन प्रिमियर लिग -आईपीएल_ काे फाइनलमा प्रवेश गरेकाे छ।

विहिबार राति सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाव किंग्सलाई ८ विकेटले पराजित गर्दै बैंगलुरु फाइनलमा पुगेको हो।

पञ्जावले प्रस्तुत गरेकाे १०२ रनको लक्ष्य पछाएको बैंगलुरुले १० ओभरमा २ विकेट गुमाउँदै पूरा गर्याे।

बैंगलुरुका लागि फिल साल्टले सर्वाधिक अविजित ५६ रन बनाए भने मयंक अग्रवालले १९, कप्तान रजत पाटीदारले अविजित १५ र विराट कोहलीले १२ रन बनाए ।

याेसँगै बैंगलुरु चौथो पटक आईपीएलकाे फाइनलमा पुगेको छ। यसअघि बैंगलुरु २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर पराजित भएको थियो।

याे हारसँगै बेहोरेको पञ्जावले भने अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। दोस्रो क्वालिफायरमा पञ्जावले इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीचको विजेतासँग खेल्ने छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy