मुम्बई दोस्रो क्वालिफायरमा

२०८२ जेष्ठ १८, शनिबार ०७:०२

काठमाडौँ। मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा पुगेको छ।

शुक्रबार राति सम्पन्न इलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा पुगेको हो।

मुम्बईले प्रस्तुत गरेको २२९ रनको लक्ष्य पछाएको गुजरातल २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो।

गुजरातका लागि साइ सुदर्शनले सर्वाधिक ८० रन बनाए भने वाशिंटन सुन्दरले ४८ रन बनाए। शेरफाने रुथेर्फर्ड २४, कुशल मेन्डिस २०, राहुत तेवातिया १७ र शाहरुख खान १३ रनमा आउट भए।

मुम्बईका टेन्ट्र बोल्टले सर्वाधिक २ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २२८ रन बनाएको थियो। मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ८१ रन बनाए भने जोनी बैरस्ट्रोवले ४७, सुर्यकुमार यादवले ३३ रन बनाएका थिए।

गुजरातका प्रशिद्ध कृष्ण र साई किशोरले समान २ विकेट लिए।

याे जितसँगै मुम्बईले अब दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सको सामना गर्ने छ। यो खेल आइतबार हुने छ। त्यस्तै हारसँगै गुजरात टाइटन्सको यात्रा समाप्त भएको छ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy