बैंगलुरुमाथि हैदरावाद ४२ रनले विजयी

काठमाडौँ । सनराइजर्स हैदरावादले इन्डियन प्रमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ।

शुक्रबार राति सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ४२ रनले पराजित गरेको हो।

सनराइजर्सले प्रस्तुत गरेको २३२ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.५ ओभरमा अल आउट हुँदै १८९ रन बनाएको थियो।

बैंगलुरुका लागि फिल साल्टले सर्बाधिक ६२ रन बनाएका थिए भने विराट कोहलीले ४३ रन बनाएका थिए। सनराइजर्सका बलर पाट कमिन्सले ३ विकेट लिए भने इशान मालिंगाले २ विकेट लिएका थिए।

यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउँदै २३१ रन बनाएको थियो।

हैदरावादलेका लागि इशान किशनले सर्बाधिक ९४ रन बनाएका थिए भने अभिषेक शर्माले ३४ रन बनाएका थिए।

प्लेअफको दौडबाट बाहिरिएको सनराइजर्सको १३ खेलमा ११ अंक भएको छ भने आठौ स्थानमा रहेको छ। त्यस्तै यो हारपछि रोयल च्यालेन्जर्स बैंगलुरु भने तेस्रो स्थानमा झरेको छ बैंगलुरुको १३ खेलमा १७ अंक छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy