आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ।

गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

मुम्बईले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछाएको दिल्लीले १८.२ ओभरमा अल आउट हुँदै १२१ रन बनाएको थियो।

दिल्लीका लागि समीर रिज्वीले सर्बाधिक ३९ रन बनाए भने विप्राग निगमले २० र आशुतोष शर्माले १८ रन बनाएका थिए।

यता, मुम्बईका बलर मिचेल सान्टनर र जसप्रित बुमराहले ३-३ विकेट लिएका थिए भने करण शर्मा, दिपक चहर र ट्रेन्ट बोल्टले एक एक विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनएको थियो।

मुम्बईका लागि सूर्यकुमार यादवले अविजित ७३ रन बनाए भने तिलक बर्माले २७, रयान रिकेलटनले २५, नमन धिरले ८ बलमा २४ रन बनाएका थिए।

याे जितसँगै मुम्बईको १३ खेलमा १६ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ। त्यस्तै दिल्ली क्यापिटल्स भने यो हारपछि प्लेअफको दौडबाट बाहिरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy