एबी डी भिल्लियर्सले सन्यास लिए

  • विकेटनेपाल, जेठ ९ – बुधबार

दक्षिण अफ्रिकाका क्रिकेटर अब्राहम बेन्जामिन डी भिल्लियर्स (एबी डी भिल्लियर्स) ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

दक्षिण अफ्रिकाका पुर्व टेस्ट तथा एकदिवसीय कप्तान समेत रहेका डी भिल्लियर्सले आजकै मितिदेखि अन्तर्राष्ट्रिय क्रिकेटका तिनै फर्म्याट टेस्ट, एकदिवसीय र टि-२० क्रिकेटबाट सन्यास लिएको बताएका छन् । तर दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा भने उपस्थित हुनेछन् ।

सामाजिक संजालमा एक भिडियो प्रस्तुत गर्दै उनले आफुले “थकाई” को कारणले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको र अन्य कुनैपनि देशकोलागि खेल्ने योजना नरहेको बताएका छन् । त्यसमा थपेका छन्, लामो अन्तर्राष्ट्रिय करियर सकाउँदै अब अन्य खेलाडीहरुले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

सन् २००४ मा इंग्ल्याण्ड बिरुद्दको टेस्ट सिरिज खेल्दै अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका डी भिल्लियर्सले ११४ टेस्ट खेल, २२८ एकदिवसीय खेल र ७८ अन्तर्राष्ट्रिय टि- २० खेल खेल्दै ८७६५ टेस्ट रन, ९५७७ एकदिवसीय र १६७२ टि-२० रनका साथ अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाई गरेको घोषणा गरेका छन् ।

उनले टेस्ट क्रिकेट र एकदिवसीय क्रिकेटमा क्रमश: ५०.६६ र ५३.५० को औसतमा ब्याटिंग गर्दै दुई फर्म्याटमा ५० भन्दा माथिको औसत हुने केहि खेलाडीको सुचीमा रहेका छन् ।

३४ बर्षीय एबी डी को नाममा एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो एकदिवसीय अर्धशतक (१६ बल), शतक (३१ बल) र १५० रन (६४ बल) प्रहार गर्ने किर्तिमान रहेको छ ।

भर्खरै रोयल च्यालेंजर्स बैंगलोरका लागि इन्डियन प्रिमियर लिग क्रिकेटमा सहभागी भएर घर फर्केका डी भिल्लियर्सले हालै सम्पन्न भारत र अस्ट्रेलिया बिरुद्द घरेलु सिरिज जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले अस्ट्रेलियाबिरुद्द जोहानेसवर्गमा सम्पन्न टेस्ट खेलमा दक्षिण अफ्रिकाको लागि अन्तिम पटक खेलेका थिए जहाँ घरेलु टिमले ४९२ रनको जित निकाल्दै सिरिज ३-१ ले आफ्नो नाममा गरेको थियो ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]