एकदिवसीय सिरिज अघि दक्षिण अफ्रीकालाई झट्का !

  • विकेटनेपाल, माघ १७ – बुधबार

भारतको दक्षिण अफ्रिका भ्रमण अन्तर्गतको एकदिवसीय सिरिज अगाडी दक्षिण अफ्रिकाका खतरनाक ब्याट्सम्यान एबी डी भिल्लियर्स घाइते भएका छन्।

भारतसँग भएको तेस्रो टेस्ट क्रिकेट अन्तर्गत स्लिपमा फिल्डिंग गरेका उनले भारतका कप्तान विराट कोहलीलाई क्याच आउट गर्ने क्रममा औंलामा चोट लागेको हो । जसको कारण उनलाई पहिलो तीनवटा एकदिवसीय खेलबाट बाहिर बस्नुपर्ने भएको हो।

क्रिकइन्फोका अनुसार जोहानेसवर्गमा हुने चौथो एकदिवसीय अगाडी उनी फिट हुँदै मैदानमा फर्कन सक्नेछन्।

जारि भारतको दक्षिण अफ्रिका भ्रमणमा यो भन्दा अगाडी ३ टेस्ट खेलको सिरिज सकिएको छ जहाँ घरेलु टोलिले सिरिज २-१ ले आफ्नो पक्षमा पारिसकेको छ भने ६ खेलको एकदिवसीय सिरिज पछी ३ टी२० खेलको सिरिज पनि खेलिने छ ।

घरेलु टोलिले पहिलो ३ वटा एकदिवसीयको लागि मात्र टिमको घोषणा गरेको भए पनि घाइते डी भिल्लियर्सको लागि कोहि पनि बैकल्पिक खेलाडीको छनोट गरेको छैन ।

 

भारत बिरुद्ध यस्तो छ डी भिल्लियर्स प्रदर्शन 

पुर्व कप्तान समेत रहेका एबी डी भिल्लियर्सको प्रदर्शन भारतबिरुद्द बिशेष रहेको मान्न सकिन्छ। अहिले सम्म भारत बिरुद्द खेलेका २९ एकदिवसीय खेलमा सर्बाधिक ११९ रन सहित ५१ भन्दा माथिको औसतमा १२५९ रन बनाएका छन् । जसमा ६ शतक र ५ अर्धशतक सामेल छन् ।

© Getty Images (File photo)

तर आफ्नै भुमि अर्थात दक्षिण अफ्रिकामानै खेलेका १२ एकदिवसीय खेलमा भने उनको प्रदर्शन सामान्य भन्दा केहि खस्केको देख्न सकिन्छ । घरेलु जमिनमा ४३ भन्दा माथिको औसतमा १ शतक सहित ४७८ रन बनाएका छन्।

उक्त एकमात्र शतक भारतको २०१३/१४ को दक्षिण अफ्रिका भ्रमणको तेस्रो एकदिवसीयमा आएको थियो जुन सेन्चुरियनमा भएको थियो ।

दुवै टोलिले एकदिवसीय सिरिजको लागि टिमको घोषणा गरिसकेका छन् :

दक्षिण अफ्रिका: फॉफ डु प्लेसिस (कप्तान), हाशिम आमला, क्विंटन डी कॉक, एबी डी विलियर्स, जेपी ड्यूमिनी, इमरान ताहिर, एडेन मारक्रम, डेविड मिलर, मॉर्न मॉर्केल, क्रिस मॉरिस, लुंगी नगिडी, एंडिल फेहलुकवेओ, कगीसो रबादा, तबरेज शमसी, खाया ज़ोंडो

भारत: विराट कोहली (कप्तान), रोहित शर्मा, जस्प्रित बुम्राह, युज्बेन्द्र चाहल, शिखर धवन, एमएस धोनी, श्रेयस ईयेर, केदार जाधव, दिनेश कार्तिक, कुलदीप यादव, भुवनेश्वर कुमार, मोहम्मद शमी, मनिष पाण्डे, हार्दिक पान्ड्य, अक्सर पटेल, अजिंक्या रहाने, शार्दुल ठाकुर

के भएको थियो टेस्ट सिरिजमा:

पहिलो टेस्ट: दक्षिण अफ्रिका ७२ रनले बिजयी

दोश्रो टेस्ट: दक्षिण अफ्रिका १३५ रनले बिजयी

तेस्रो टेस्ट: भारत ६३ रनले बिजयी

यस्तो छ खेल तालिका:

पहिलो एकदिवसीय: १ फेब्रुअरी, डर्बन

दोश्रो एकदिवसीय: ४ फेब्रुअरी, सेन्चुरियन

तेस्रो एकदिवसीय: ७ फेब्रुअरी, केप टाउन

चौथो एकदिवसीय: १० फेब्रुअरी, जोहानेसवर्गमा

पाचौं एकदिवसीय: १३ फेब्रुअरी, पोर्ट एलिजावेद

छैठौं एकदिवसीय: १६ फेब्रुअरी, सेन्चुरियन





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]