यु-१९ बिश्वकप : पाकिस्तानलाई अफगानिस्तानले दियो झट्का !

  • विकेटनेपाल, पौष २९ – शनिबार

आजदेखि न्युजिल्याण्डमा यु-१९ बिश्वकप सुरु भएको छ।

प्रतियोगिताको पहिलो खेलमा समुह ‘डी’ मा रहेका पाकिस्तान र अफगानिस्तान बीचको खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ। कोबहाम ओभल मैदानमा पहिले ब्याटिंग गर्दै पाकिस्तानले १८८ रन मात्रै बनाएपछि अफगानिस्तानले मात्र ५ विकेट गुमाई लक्ष पुरा गर्दै पहिलो जित हात पारेको हो।

अफगानिस्तानको इनिंग

पाकिस्तानले दिएको १८९ रनको लक्ष्य पछ्याउदै मैदानमा उत्रिएको अफगानिस्तानले ४७.३ ओभरमा मात्र ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका लागि दर्विस रसूलीले अविजित ७६ रनको पारी खेल्दै जितसम्म पुर्याएका थिए । ७८ बलको सामना गरेका उनले ४ चौका सहित २ छक्का प्रहार गरे ।

अर्धशतक बनाएपछि दर्विस रसूली

यस्तै इक्रम अलि खिलले ९३ बलमा ४ चौका सहित ४६ रनको पारि खेल्दै रसूलीसँग चौथो विकेटका लागि ७५ रनको साझेदारी गरे। ओपनर रहमनुल्लाह  गुर्बज़ले ३१ रन, निसर वह्दतले १९ रन तथा अज्मुताल्लाह ओमार्जईले अविजित १२ रनको पारि खेले ।

बलिंगतर्फ पाकिस्तानका हसन खानले २ विकेट हात पार्दा मोहम्मद ताहा र शाहीन शाह अफ्रिदीले १/१ विकेट हात पारे ।

खेल जित्न १ रन आबश्यक रहेको अवस्थामा म्यान अफ द म्याच घोषित दर्विस रसूलीले छक्का प्रहार गर्दै जित दिलाएका थिए।

पाकिस्तानको इनिंग

टस जितेर पहिले ब्याटिंग गरेको पाकिस्तानले ४७.४ ओभरमा सबै विकेट गुमाउनु अघि मात्र १८८ रनको योगफल तयार पारेको थियो ।

उसका लागी विकेट  किपर ब्याट्सम्यान रोहैल नाजिरले सर्बाधिक ८१ (९ चौका) रनको पारि खेलेका थिए । पहिलो २ विकेट २३ रनमा गुमाएको अवस्थामा ब्याटिंग गर्न आएका नाजिरले अलि ज़र्याब असिफ (३० रन) सँग मिलेर तेस्रो विकेटको लागि ८८ रनको साझेदारी गरेका थिए । अन्य ब्याट्सम्यानले खासै उल्यख्य प्रदर्शन गर्न नसक्दा २४ अतिरिक्त रन पाएको थियो ।

बलिंगतर्फ अफगानिस्तानका अज्मुताल्लाह ओमार्जईले ३४ रन खर्चेर ३ विकेट तथा कैस अहमदले ३८ रन खर्चेर समान ३ विकेट हात पारे । यस्तै नवीन उल हकको नाममा २ तथा जाहिर खान र निशर वह्दतले १/१ विकेट लिए ।

यसभन्दा अगाडी २०१७ को नोभेम्बरमा मलेसियामा आयोजित यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा पनि अफगानिस्तानले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । बिस्तृत जानकारी

खेलमा नेपालका बुद्धि बहादुर प्रधानले अम्पाएरको भूमिका निर्बाह गरेका थिए ।

(Pictures: @cricketworldcup)





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]