डेब्यु टेस्टको पहिलो पारिमा अफगानिस्तान १०९ रनमा समेटियो

  • विकेटनेपाल, असार १ – शुक्रबार

भारतको बैंगलोरमा हिजोदेखि भएको अफगानिस्तानको ऐतिहासिक पहिलो टेस्ट खेलको पहिलो पारिमा अफगानिस्तान २७.४ ओभरमा मात्र १०९ रनको स्कोरमा समेटिएको छ।

उसका मोहम्मद नाबीले सर्बाधिक २४ रन, मुजीब उर् रहमानले १५ रन, रहमत शाह र मोहम्मद शेहजादले समान १४/१४ रन, हज्मतुल्लाह सहिदी र कप्तान अस्गर स्तानिक्जाईले समान ११/११ रन बनाए।

भारतका लागि मोहम्मद शेह्जादलाई रन आउट गर्दै हार्दिक पान्ड्यले पहिलो विकेट दिलाए भने रविचन्द्रन आश्विनले ४ विकेट लिन २७ रन तथा समान २/२ विकेट लिन जडेजाले १८ र इशान्त शर्माले २८ रन खर्चे। १ विकेट उमेश यादवको नाममा रह्यो।

पहिलो पारिको समाप्तीमा भारतको लक्ष्य भन्दा ३६५ रन पछाडी रहेको अफगानिस्तानलाई घरेलु टिमले फलोअन फोर्स गरेको छ।

यसअघि भारतले टस जितेर १०४.५ ओभर ब्याटिंग गर्दै ४७४ रनको योगफल बनाएपछि अफगानिस्तान जवाफमा उत्रिएको थियो। भारतका तर्फबाट शिखर धवनले १०७ रन तथा मुरली विजयले १०५ रन बनाउँदै पहिलो विकेटका लागि १६८ रनको साझेदारी गरेभने तेस्रो नम्बरमा आएका लोकेश राहुलले ५४ रन बनाउँदा हार्दिक पान्ड्यले ७१ रनको महत्त्वपूर्ण पारि खेले।

अफगानिस्तानका लागि यामिन अहमाद्जाईले ३ विकेट लिन ५१ रन खर्चिंदा समान २/२ विकेट लिन वफादारले १०० रन तथा चर्चित स्पिनर राशिद खानले १५४ रन खर्चिंदै महंगा साबित भए। मोहम्मद नाबी र मुजीब उर् रहमानको नाममा १/१ विकेट रह्यो।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]