डेब्यु टेस्टको पहिलो पारिमा अफगानिस्तान १०९ रनमा समेटियो

  • विकेटनेपाल, असार १ – शुक्रबार

भारतको बैंगलोरमा हिजोदेखि भएको अफगानिस्तानको ऐतिहासिक पहिलो टेस्ट खेलको पहिलो पारिमा अफगानिस्तान २७.४ ओभरमा मात्र १०९ रनको स्कोरमा समेटिएको छ।

उसका मोहम्मद नाबीले सर्बाधिक २४ रन, मुजीब उर् रहमानले १५ रन, रहमत शाह र मोहम्मद शेहजादले समान १४/१४ रन, हज्मतुल्लाह सहिदी र कप्तान अस्गर स्तानिक्जाईले समान ११/११ रन बनाए।

भारतका लागि मोहम्मद शेह्जादलाई रन आउट गर्दै हार्दिक पान्ड्यले पहिलो विकेट दिलाए भने रविचन्द्रन आश्विनले ४ विकेट लिन २७ रन तथा समान २/२ विकेट लिन जडेजाले १८ र इशान्त शर्माले २८ रन खर्चे। १ विकेट उमेश यादवको नाममा रह्यो।

पहिलो पारिको समाप्तीमा भारतको लक्ष्य भन्दा ३६५ रन पछाडी रहेको अफगानिस्तानलाई घरेलु टिमले फलोअन फोर्स गरेको छ।

यसअघि भारतले टस जितेर १०४.५ ओभर ब्याटिंग गर्दै ४७४ रनको योगफल बनाएपछि अफगानिस्तान जवाफमा उत्रिएको थियो। भारतका तर्फबाट शिखर धवनले १०७ रन तथा मुरली विजयले १०५ रन बनाउँदै पहिलो विकेटका लागि १६८ रनको साझेदारी गरेभने तेस्रो नम्बरमा आएका लोकेश राहुलले ५४ रन बनाउँदा हार्दिक पान्ड्यले ७१ रनको महत्त्वपूर्ण पारि खेले।

अफगानिस्तानका लागि यामिन अहमाद्जाईले ३ विकेट लिन ५१ रन खर्चिंदा समान २/२ विकेट लिन वफादारले १०० रन तथा चर्चित स्पिनर राशिद खानले १५४ रन खर्चिंदै महंगा साबित भए। मोहम्मद नाबी र मुजीब उर् रहमानको नाममा १/१ विकेट रह्यो।

 

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy