- विकेटनेपाल, जेठ ३१ – बिहिबार
अफगानिस्तानले बाह्रौं पूर्णसदस्य रास्ट्रका रुपमा आइसीसी र्यान्किंगको शिर्ष स्थानमा रहेको भारतसँग खेल्दै टेस्ट क्रिकेटमा डेब्यु गरेको छ।
भारतको बैंगलोरमा जारि खेलको पहिलो दिनको समाप्तीमा घरेलु टिम भारतले ६ विकेट गुमाएर ३४७ रनको योगफल तयार पारेको छ । बर्षाको कारणले दिनमा मात्र ७८ ओभर सम्भव भएको थियो।
टस जितेको भारतका लागि ओपनर शिखर धवनले लन्च भन्दा पहिले नै शतक पुरा गर्दै किर्तिमान रचेका थिए। उनी भारतका लागि पहिलो दिनको लन्चसम्म शतक बनाउने पहिलो खेलाडी बनेका छन्। यसभन्दा अगाडी विरेन्द्र सेहवागले सन् २००६ मा ९९ रन बनाएका थिए। करियरको सातौँ शतक प्रहार गर्नेक्रममा ९६ बलको सामना गर्दा १९ चौका र ३ छक्का प्रहार गरेका धवनले पहिलो विकेटका लागि मुरली विजयसँग मिलेर १६८ रनको साझेदारी गरेका थिए।

त्यस्तै आफ्नो उत्कृस्ट फर्मलाई निरन्तरता दिँदै मुरली विजयले १०५ रनको पारि खेल्नेक्रममा दोश्रो विकेटको लागि लोकेश राहुलसँग मिलेर ११२ रनको साझेदारी गर्दा १५३ बलमा १५ चौका र १ छक्का प्रहार गरे। राहुलले ६४ बलको सामना गर्दै ८ चौका सहित ५४ रन बनाए।
त्यसपछि चेतेश्वर पुजारा ३५, अजिंक्या रहाने १० रन बनाएर आउट हुँदा दिनेश कार्तिक ४ रनमा रनआउटको सिकार भए। अहिले हार्दिक पान्ड्य १० र रविचन्द्रन आश्विन ७ रन बनाएर क्रिजमा रहेका छन्।
अफगानिस्तानका लागि शिखर धवनलाई आउट गर्दै यामिन अहमाद्जाईले आफ्नो देशको लागि पहिलो टेस्ट विकेट लिए। त्यसपछि राम्रो लयमा देखिएका मुरली विजय र लोकेश राहुललाई ३ बलको अन्तरमा क्रमशः वफादार र अहमाद्जाईले आउट गरे। वफादारले १ विकेट लिँदा ५३ रन खर्चका छन् भने अहमाद्जाईले ३२ रन खर्चेका छन्।
पहिलो दुई सेसनमा महंगा साबित भएका चर्चित लेगस्पिनर राशिद खानले १०९ रन खर्चेपछी आफ्नो पहिलो विकेट लिनेक्रममा कप्तान अजिंक्या रहानेलाई आउट गरे भने अर्का युवा खेलाडी मुजीब उर् रहमानले चेतेश्वर पुजाराको विकेट लिए। दिनको समाप्तीमा राशिद खानले २६ ओभरमा १२० रन तथा मुजीब उर् रहमानले १४ ओभरमा ६९ रन खर्चे।