अफगानिस्तानले पनि गर्ने भयो ‘प्रिमियर लिग’, नेपाली खेलाडीले पाउलान् मौका?

  • विकेटनेपाल, पौष २८ – शुक्रबार

भारतको इन्डियन प्रिमियर लिग, अस्ट्रेलियाको बिग ब्यास लिग, पाकिस्तानको पाकिस्तान सुपर लिग, वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग र बंगलादेशको बंगलादेश प्रिमियर लिग पछि अफगानिस्तानले पनि अफगानिस्तान प्रिमियर लिग नामले अर्को ग्लोबल क्रिकेट लिग आयोजना गर्नेभएको छ।

अफगानिस्तान क्रिकेट बोर्डले अफगानिस्तान प्रिमियर लिग टी२० को घोषणा गर्दै तयारि थालेको छ। प्रतियोगिताको पहिलो संस्करण यहि अक्टोबरमा हुनेछ।

अफगानिस्तान क्रिकेट बोर्डका अनुसार लिगमा ५ टिम सहभागी हुनेछन्। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा प्रत्येक टोलिले एकअर्का बिरुद्द एक-एक खेल खेल्ने छन् भने सेमिफाइनलमा दुई खेल तथा फाइनल खेल खेलिनेछ ।

यसअघि अफगानिस्तानमा सपगीजा क्रिकेट लिग हुने गरेपनि प्रतियोगिता अफगानिस्तानमा हुने भएकाले खासै बिदेशी खेलाडीहरुको सहभागिता रहदैनथ्यो। पाकिस्तान सुपर लिग जस्तै अफगानिस्तान प्रिमियर लिग प्रतियोगिता संयुक्त अरब ईमिरेट्समा गर्ने तयारी अफगानिस्तान क्रिकेट बोर्डले गरेको छ।
प्रतियोगिता गर्न ईमिरेट्स क्रिकेटले सहमति जनाईसकेको तर कुन शहरमा हुने भन्ने यकिन नरहेको अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी शफिक स्टानिक्जाईले क्रिक्इन्फोलाई बताएका छन् ।

“प्रतियोगिता अन्य देशहरुमा जस्तै अक्सनमा आधारित रहनेछ जसको अक्सन यहि मार्च महिनामा हुनेछ भने करिब करिब ४० बिदेशी खेलाडीहरुले उत्सुकता जनाएका छन्” स्टानिक्जाईले थपे ।

प्रतियोगिता अक्टोबरमा गर्नुको कारण त्यो समयमा अन्य कुनैपनि ग्लोबल टी-२० लिगहरु नरहनु हो जसको कारण बिदेशी खेलाडीहरुको सहभागीता बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।

विभिन्न टी२० लिगहरुको खेलतालिका / क्रिक्इन्फो

नेपाली खेलाडीले पाउलान् मौका ? 

नेपालमा भर्खरै सम्पन्न एभरेस्ट प्रिमियर लिगमा बिदेशी खेलाडीहरु समेत सहभागी थिए भने चैतमा आयोजना हुने धनगढी प्रिमियर लिग टि-२० मा पनि बिदेशी खेलाडी अनिवार्य गर्ने बताईएको छ। तर बिदेशी लिगमा नेपाली खेलाडीले भने निकै कम मौका पाउने गरेका छन्।

बंगलादेश प्रिमियर लिगमा २०१४ टि-२० बिश्वकप पछि पारस खड्का, ज्ञानेन्द्र मल्ल जस्ता खेलाडीहरुले मौका पाउने हल्ला चलेपनि त्यो हल्लामै सिमित रह्यो।

सन्दिप लामिछानेले हंगकंगमा २०१६ मा हंगकंग टि-२० ब्लिट्जमा काउलुन क्लबबाट खेल्ने मौका पाएका थिए जुन क्रममा अस्ट्रेलियन पुर्बकप्तान माइकल क्लार्क सन्दिपकै टिममा थिए। त्यही अवसरको कारण सन्दिपले अस्ट्रेलियामा क्लार्कको पहलमा प्रशिक्षण र लिग खेल्ने अवसर पाएका थिए। त्यसपछि पनि सन्दिपको नाम बंगलादेश प्रिमियर लिग र पाकिस्तान सुपर लिगको ड्राफ्टमा समाबेश थियो तर कुनै पनि टिमलाई नेपाली शेन वार्नले ध्यानाकर्षण गर्न भने सकेनन्। यु-१९ बिश्वकपमा सन्दिपको प्रदर्शन पछि बिश्व क्रिकेटको ध्यान उनितर्फ आकर्षित भएको थियो जसपछि ठुलो स्तरमा सन्दिपले प्रदर्शन देखाउने मौका पाएका छैनन्।

Sandeep Lamichhane

अफगानिस्तान प्रिमियर लिगले पहिलो संस्करणमानै बिश्वका उत्कृस्ट लिगहरुलाई टक्कर दिने उद्देश्य बनाउदै उत्कृस्ट ३ लिग भित्र पर्ने योजना समेत अघि सारेको छ।

अफगानिस्तानको लिग हुनाले पक्कै पनि यसमा अफगानिस्तान खेलाडीहरुको निश्चित कोटा हुनेछ र टिममा बिदेशी खेलाडीको कोटा चर्चित टि-२० खेलाडीहरुले भरिने निश्चित छ। एसोसिएट खेलाडीहरु अनिवार्य गर्ने जस्तो नियम राखे भने नेपाल जस्ता एसोसिएट रास्ट्रका खेलाडीले मौका पाउने हुन् जसबारे अफगानिस्तान क्रिकेट बोर्डको निर्णय आइसकेको छैन।

नेपालसंग एकदिवसीय मान्यता नभएको र डिभिजन-२ मा रेलिगेट भएको अवस्थामा झनै नेपाली खेलाडीहरुलेले ध्यान आक्रिस्ट गर्ने सम्भावना कम रहने गर्छ। यो अवस्थामा अफगानिस्तान प्रिमियर लिगमा नेपाली खेलाडीहरुले खेल्ने सम्भावना कम रहेको आंकलन गर्नसकिन्छ।

सम्बन्धित समाचारहरु – 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]