इन्टरकन्टिनेन्टल कपको उपाधी अफगानिस्तानलाई

  • विकेटनेपाल, मङ्सिर १७

संयुक्त अरब इमिरेट्सलाई चौथो तथा अन्तिम दिनको खेलमा १० विकेटले पराजित गर्दै अफगानिस्तानले इन्टरकन्टिनेन्टल कपको उपाधी जितेको छ ।

शेख जायद मैदानमा भएको खेलमा अफगानिस्तानले पहिले ब्याटिंग गर्दै इह्सनुल्लाह जनतको १२४, कप्तान अस्घर स्टानिकजाईको ११४ तथा रहमत शाहको १०३ रनको मद्दतमा ५१० रनको योगफलमा ९ विकेट गुमाउदा पारि समाप्तीको घोषणा गरेको थियो ।

बलिंगमा युएईका अहमद राजाले ५ विकेट हातपार्दा ५३ ओभरमा १४८ रन खर्चिए भने मोम्मद नवीदले ११२ रनमा ३ विकेट लिए ।

जवाफमा जाकिर खान र रशिद खानले समान ३ विकेट हात पारेपछि युएईले मात्र १९७ रन बनाउन सक्यो । उसका शैमन अनवरले अविजित ८५ रन बनाएपनि अन्य ब्याट्सम्यानबाट साथ पाएनन् ।

 

तेस्रो दिन ३१३ रनले पछी परेको अवस्थामा अफगानिस्तानले फलो-अनको लागि आग्रह गरेपछि ब्याटिंग गर्न उत्रेको युएईले पुनः ३११ रन बनाउदा सबै विकेट गुमाएपछी अफगानिस्तानलाई खेल जित्न मात्र १९ रनको आबश्यकता रहेको थियो ।

युएईका लागि ओपनर रोहन मुस्ताफा र चिराग सुरीले पहिलो विकेटका लागि १४६ रनको साझेदारी गरेपनि खेललाई बराबरीमा पुर्याउन सकेनन् । मुस्ताफाले ६८ तथा सुरीले ८१ रन बनाए । अफगानिस्तानको जितमा म्यान अफ द म्याच समेत चुनिएका रशिद खानले ५ विकेट लिदा ८३ रन खर्चेपछी अफगानिस्तानले घरेलु टोलीलाई पराजित गरेको हो ।

सन् २०१५ देखि सुरु भएको प्रतियोगिताको सातौं तथा अन्तिम खेलमा युएईलाई पराजित गर्दै ८ टिमहरु सहभागी प्रतियोगिताको अङ्क तालिकामा १२१ अंक सहित शिर्ष स्थानमा रहदै उपाधी जितेको हो । त्यस्तै आयरल्याण्ड १०९ अंक सहित दोश्रो स्थानमा रह्यो ।

प्रतियोगिता जित्नेक्रममा अफगानिस्तानले पहिलो खेलमा स्कटल्याण्डसँग बर्षा बाधक बन्दा बराबरीमा सकाएको थियो भने दोश्रो खेलमा पपुवा न्यु गिनीलाई २०१ रनको बिशाल अन्तरले पराजित गरेको थियो ।

तेस्रो खेलमा नामिबियालाई इनिंग र ३६ रनले पराजित गर्दा चौथो खेलमा नेदरल्याण्डलाई पनि समान अन्तरले पराजित गरेको थियो ।

पाँचौ खेलमा आयरल्याण्डलाई इनिंग र १७२ रनको बिशाल अन्तरले पराजित गर्दा छैठौ खेलमा हंगकंगलाई इनिंग र १७३ रनको फराकिलो अन्तरले पराजित गर्यो । प्रतियोगीताको अन्तिम खेलमा युएईलाई १० विकेटले पराजित गर्दै अफगानिस्तानले उपाधी जित्यो ।

टेस्ट मान्यता नपाएका विश्व क्रिकेट लिगको शिर्ष ८ मा रहेका टोलीहरु अफगानिस्तान, आयरल्याण्ड, नेदरल्याण्ड, हंगकंग, संयुक्त अरब इमिरेट्स, स्कोटल्याण्ड, पपुवा न्यु गिनी र नामिबियाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा हंगकंगका बाबर हयातले ७ खेलबाट ७१.२० को औसतमा  सर्बाधिक ७१२ रन बनाएका छन् जसमा ३ शतक सामेल छ । त्यस्तै आयरल्याण्डका एड जोएस ७०० रन सहित दोश्रो तथा पपुवा न्यु गिनीका असाद भाला पनि समान ७०० रनका साथ तेस्रो स्थानमा छन् ।

बलिंगतर्फ युएईका अहमद राजाले ६ खेलबाट २१.३१ को औसतमा ३२ विकेट लिएका छन् जसमा उनको सबैभन्दा उत्कृस्ट ६/६१ रहेको छ । दोश्रो स्थानमा अफगानिस्तानका जाहिर खान रहेका छन् जसले समान ६ खेलबाट ३१ विकेट लिएका छन् भने तेस्रो स्थानमा रहेका हंगकंगका नदीम अहमदले २८ विकेट लिएका छन् ।

(Photos: Peter Della Panna/ ESPNcricinfo)





थप समाचार

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]

‘द हन्ड्रेड’ को ड्राफ्ट आज, सन्दीप र अर्जुन ड्राफ्टमा

काठमाडौँ । इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेटको खेलाडी छनोटको लागि ड्राफ्ट आज हुदैछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व […]

प्रशिक्षक देसाईको तलव बढ्यो

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट प्रशिक्षकको तलब वृद्धि गरेको छ । आइसीसी विश्वकप लिग-२ मा नेपाली टिमलाई राम्रो नतिजा दिलाएपछि […]

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]