डी भिल्लियर्स, डु प्लेसिसपछी अर्का महत्वपूर्ण खेलाडी घाइते

  • विकेटनेपाल, माघ २२ – सोमबार

भारत र दक्षिण अफ्रिकाबीचको जारि एकदिवसीय सिरिज अन्तर्गत २-० ले पछि परेको घरेलु टिमको महत्वपूर्ण खेलाडी एबी डी भिल्लियर्स, कप्तान फाफ डु प्लेसिस पछी अर्का महत्वपूर्ण खेलाडीले पनि सिरिज गुमाउने भएका छन्। विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी कक् पनि घाइते भएका हुन् ।

यसभन्दा अगाडी सबैभन्दा महत्त्वपूर्ण मानिएका एबी डी भिल्लियर्स पहिलो तीनवटा एकदिवसीयबाट बाहिरिसकेका छन् र चौथो खेल खेल्नको लागि ठिक हुने जनाईएको छ। त्यस्तै पहिलो एकदिवसीय पछी कप्तान फाफ डु प्लेसिसपनि एकदिवसीय तथा टी-२० सिरिजबाट बाहिरिसकेका छन्।

विकेटकिपर डी कक् नाडीमा चोट लागेका कारण टिमबाट बाहिरिएका हुन् । उनले सिरिज अन्तर्गतका बाँकी ४ वटा एकदिवसीय खेल र ३ वटा टी-२० क्रिकेटको सिरिज गुमाउने भएका हुन्। टिमको फिजियोलाई आधार मान्नेहो भने उनलाई निको हुन २ देखि ४ हप्ता लाग्ने छ।

२५ बर्षीय युवा खेलाडीको कुरा गर्दा उनको भारत बिरुद्दको प्रदर्शन भने निकैनै उत्कृस्ट रहेको छ । अहिलेसम्म खेलेका १२ इनिंगमा ६४.५० को औसतमा ५ शतक सहित ७७४ रन बनाएका छन्।

यस्तै घरेलु जमिनको कुरा गर्दा यो सिरिज भन्दा अगाडी खेलेका ३ वटा खेलमा त्यति नै शतक प्रहार गरेका थिए तर जारि एकदिवसीय क्रिकेटको सिरिज अन्तर्गत भएका दुई खेलमा कमजोर प्रदर्शन गर्दै क्रमशः ३४ र २० रन बनाएका थिए ।

जारि सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा ७ विकेटले तथा दोश्रोमा ९ विकेटले घरेलु टिमलाई पराजित गर्दै भारतले ६ खेलको सिरिजमा २-० को अग्रता लिएको छ ।

सम्बन्धित:

जब २ रनको लागि ४० मिनेट कुर्नु पर्यो

चाहलको स्पिन नबुझ्दा दक्षिण अफ्रीकाको घरमा इतिहासकै कमजोर ब्याटिंग

डु प्लेसिस घाइते भएपछी दक्षिण अफ्रिकाको नयाँ कप्तान घोषणा





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]