दक्षिण अफ्रिकाको नयाँ कप्तान घोषणा

  • विकेटनेपाल, माघ २१ – आइतबार

भारतको दक्षिण अफ्रिका सिरिज अन्तर्गत घरेलु टोलीका नियमित कप्तान फाफ डु प्लेसिस घाइते भएपछी टिमले नयाँ कप्तान पाएको छ ।

पहिलो एकदिवसीय क्रिकेट खेलमा डु प्लेसिस घाइते भएपछी दक्षिण अफ्रिका क्रिकेटले पुर्व यु-१९ विश्वकप बिजेता समेत रहेका एईडेन मार्क्रमलाई कप्तानीको जिम्मा दिईएको छ। उनकै कप्तानीमा दक्षिण अफ्रिकाले सन् २०१४ को यु-१९ विश्वकप जितेको थियो जुन दक्षिण अफ्रिकाले अहिलेसम्म जितेको एकमात्र आईसीसी ट्रफी रहेको छ।

मार्क्रमले अहिलेसम्म दक्षिण अफ्रिकाबाट २ वटा मात्र एकदिवसीय खेल खेलेका छन् तर एबी डी भिल्लियर्स र फाफ डु प्लेसिस दुवैको अनुपस्थितिमा कप्तानीको जिम्मा २३ बर्षीय युवा खेलाडीमाथि दिईएको छ ।

यसभन्दा अगाडी उनले यु-१९ टिमलाई विश्वकपमा मात्र नभएर दक्षिण अफ्रिका ए टिमको समेत कप्तानी गरेका थिए ।

अहिलेसम्म उनले ६ टेस्ट क्रिकेटमा रास्ट्रीय टोलीको जर्सी लगाउदा ५२ को औसतमा ५२० रन बनाएका छन् भने २ एकदिवसीयमा एक अर्धशतक सहित ७५ रन बनाएका छन् ।

भारत बिरुद्दको जारि सिरिज अन्तर्गत मार्क्रमले मात्र ९ रन बनाउन सकेका थिए ।

जारि ६ एकदिवसीय क्रिकेटको सिरिजमा भारतले पहिलो खेल जित्दै १ – ० को अग्रता लिएको छ । एकदिवसीय सिरिज पछी ३ टी-२० खेलको सिरिज पनि हुनेछ तर फाफ डु प्लेसिस उक्त सिरिज पनि नखेल्ने भएपछी टी-२० टिमको कप्तानी कसलाई दिने भन्ने निर्णय भईसकेको छैन ।

यस्तो छ खेलतालिका:

दोश्रो एकदिवसीय: ४ फेब्रुअरी, सेन्चुरियन

तेस्रो एकदिवसीय: ७ फेब्रुअरी, केप टाउन

चौथो एकदिवसीय: १० फेब्रुअरी, जोहानेसवर्गमा

पाचौं एकदिवसीय: १३ फेब्रुअरी, पोर्ट एलिजावेद

छैठौं एकदिवसीय: १६ फेब्रुअरी, सेन्चुरियन

सम्बन्धित:

पहिलो एकदिवसीय: कोहलीको शतकमा दक्षिण अफ्रिका पराजित

डी भिल्लियर्स पछि डु प्लेसिस पनि नखेल्ने

एबी डी भिल्लियर्स घाइते, एकदिवसीय सिरिज अघि दक्षिण अफ्रीकालाई झट्का !

 

 





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]