एसीसी यु-१९ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत आफ्नो दोश्रो खेलमा टस हारेर बलिंग गरेको नेपालले छैठौं विकेट हात पारेको छ l
कप्तान दिपेन्द्र ऐरीले छैठौ सफलता दिलाएका हुन् जुन क्रममा उनले व्यक्तिगत ५ विकेट हात लिएका हुन् l
उनले १३ रन बनाएर ब्याटिंग गरिरहेका ओपनर उगेन दोर्जीलाई आफ्नै बलमा क्याच आउट गरेका थिए l यस्तै छिरिंग पेन्जोरलाई ० रनमा प्रनित थापाको हात बाट क्याच गराएका हुन् l दोर्जीले १ चौका प्रहार गरेका थिए l यसभन्दा अघि ५ रन बनएका नग्वांग थिन्लेलाई दिपेन्द्र ऐरीले एलबिडब्लु आउट गरेका थिए भने त्यसपछि ० रनमा पेम चेदुपलाई बोल्ड आउट गरेका हुन् l
नन्दन यादबले नेपाललाई पहिलो विकेट दिलाएका थिए l
भुटानले २२ औ ओभरमा ४० रन बनाउदा ६ विकेट गुमाईसकेको छ l
यो खेलमा भुटान पराजित भए नेपाल सेमीफाइनल पुग्ने पक्का हुनेछ l
खेलको अपडेट यो लिंकमा :- http://bit.ly/2wW4MXP
स्कोरकार्ड : https://goo.gl/ritGjF