पहिलो ओभरमै आलमले दिलाए विकेट

सिंगापुर क्रिकेट क्लब इन्टरनेसनल टि-२० प्रतियोगिताको जारीरहेको श्रीलंकाको सिंहालिज स्पोर्ट्स क्लबसंग पहिलो खेलमा मेहबुब आलमले ओपनिंग बलिंग गर्दै पहिलो ओभरमै विकेट दिलाएका छन् l

श्रीलंकाको यु-१९ रास्ट्रिय क्रिकेटर समेत रहेका  दिलान जयलाथलाई आलमले पहिलो ओभरको दोश्रो बलमा बोल्ड आउट गरेका हुन् l

टस जितेर पहिले बलिंग रोजेको सिंगापुर इमर्जिंग स्टार टिमले सिंहालिज स्पोर्ट्स क्लबलाई ब्याटिंगको निम्तो दिएको छ l

मेहबुबसंगै पारस खड्का सिङ्गापुर इमर्जिंग स्टार टिमबाट खेलीरहेका छन् l टिममा इन्डियन प्रिमियर लिग ( आईपीएल ) खेलीसकेका २ खेलाडी शदाब जकाती र बालचन्द्र अखिल समेत छन् l सिंगापुर रास्ट्रिय क्रिकेटर समेत रहेका धर्मिचन्द मुलेवाको कप्तानीमा रहेको टिममा अन्य सिंगापुर रास्ट्रिय क्रिकेटरहरु रहेका छन् l

खेलको प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस :- 

 





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]