कमजोर इंग्ल्याण्डलाई कुकको सहारा

  • विकेटनेपाल, १३ साउन

ओपनर एलेस्टर कुक संघर्षपूर्ण इनिंग खेल्दै क्रिजमा डटेपछि आक्रामक दक्षिण अफ्रीकालाई इंग्ल्याण्डले थमाउन सकेको छ l

४ टेस्टको शृंखला अन्तर्गत तेश्रो टेस्टमा टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डको लागि ओपनिंग गरेका कुक १७८ बलको सामना गरि १० चौका मदतले ८२ रन बनाई क्रिजमा छन् l अर्का ओपनर केटोन जेंनिंग खाता नखोली आउट भएपछि कुकले दोश्रो विकेटको लागि टम वेस्टले ( २५ ) संग ५२ रनको, तेश्रो विकेटको लागि कप्तान जोए रुट ( २९ ) संग ४९ रनको साझेदारी गरे l

इंग्ल्यान्डको लागि डेब्यु टेस्ट खेलेका डाविड मालनलाई कासिगो रबाडाले १ रनमै पेभेलियन फर्काएपछि इंग्ल्याण्डले  १२० रनको स्कोरमा ४ विकेट गुमाएको थियो l त्यसपछि कुकले बेन स्टोक्स ( २१ ) संग ५१ रनको साझेदारी गरे जसपछि १७१/४ मा इंग्ल्याण्डले दिनको समाप्ति गर्यो l

केंनिंगटन ओभल मैदानमा वर्षाले बारम्बार प्रभावित भएको पहिलो दिन अफ्रिकी बलर फिलांडरले २ तथा रबाडा र मोरिसले १/१ विकेट हात पारे l

यसभन्दा अघि सम्पन्न २ वटा टेस्ट मध्ये दक्षिण अफ्रीका र इंग्ल्यान्डले १-१ वटा जितेपछि शृंखला १/१ को बराबरीमा रहेको छ l

धेरैले पढेको :-





थप समाचार

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]

मधेस प्रदेश सरकारले आसिफलाई दुई लाख प्रदान गर्ने

जनकपुरधाम, चैत १० गते । मधेस प्रदेश सरकारले यस प्रदेशका अन्तर्राष्ट्रिय खेलाडी आसिफ शेखलाई दुई लाख प्रदान गर्ने घोषणा गरेको […]

एपीएफ र सुदूरपश्चिम विजयी

विभागीय टोलीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । […]