कुकको बिशाल इनिंगमा इंग्ल्यान्ड बलियो

  • विकेटनेपाल, भदौ ३ 

एलेस्टर कुकले खेल जीवनको चौथो दोहोरो शतक प्रहार गरेपछि वेस्ट इन्डिजसंगको पहिलो डे/नाइट टेस्टको पहिलो इनिंगमा ५१४/८ को स्कोरमा इनिंग घोषणा गरेको छ l दोश्रो दिनको खेल सकिंदा वेस्ट इन्डिज ४४/१ को अवस्थामा छ l

कुकले २४३ रन बनाउने क्रममा ३३ चौका प्रहार गर्दै ५९.७ को स्ट्राइक रेटले रन बनाए l

४ दोहोरो शतक प्रहार गर्ने सुचीमा इंग्ल्याण्ड ब्याट्सम्यानको सुचीमा कुक र लेन हटन मात्रै रहेका छन् l सर्बाधिक ७ दोहोरो शतक प्रहार गर्दै वाली हेमन्ड सर्बाधिक दोहोरो शतक प्रहार गर्ने सुचीमा पहिलो स्थानमा छन् l केभिन पिटरसनको ३ वटा दोहोरो शतक छ l

एजबास्टन मैदानमा इंग्ल्याण्डको लागि जोए रुटले पनि करियरको १३ औँ शतक प्रहार गर्ने क्रममा १३६ रन ( १८९ बल , २२ चौका ) बनाएका थिए l दविड मलनले ६५ रनको योगदान दिए l

कुक र रुटले तेश्रो विकेटको लागि २४८ रनको साझेदारी गरेका थिए भने कुकले मलनसंग चौथो विकेटको लागि १६२ रनको साझेदारी गरे l

२ बिशाल साझेदारी पछि भने इंग्ल्याण्ड ब्याट्सम्यानहरु क्रिजमा जम्न सकेनन् l कुकलाई अफ स्पिनर रोस्टन चेजले एलबिडब्लु धरापमा पारे भने मलन, बेन स्टोक्स र मोईन अलिलाई समेत पेभेलियनको दिशा देखाए l रोस्टनले सर्बाधिक ४ विकेट ( २६.२-२-११३-४ ) हात पारे भने केमर रोचले २ विकेट आफ्नो नाम गरे l

डे/नाइट टेस्टमा एजबास्टन मैदानको दृश्य l फोटो – इंग्ल्यान्ड क्रिकेट 

दोश्रो दिनको खेल सकिंदा वेस्ट इन्डिजले ओपनर ब्राथवेटलाई ० रनमा गुमाईसकेको छ जसलाई जेम्स एण्डरसनले विकेटकिपर बेयरस्टोको हातमा क्याच थमाए l काईरन पावेल १८ रनमा तथा कायल होप २५ रन बनाएर अविजित छन् l

३ टेस्ट म्याचको शृंखलाको पहिलो टेस्ट पंक बलले डे/नाइट खेलीएको हो भने अन्य २ वटा टेस्ट दिनमानै खेलिनेछ l इंग्ल्यान्ड भ्रमण अन्तर्गत दुवैले एउटा टि-२० र ५ वटा एकदिवसीय खेल्ने कार्यक्रम रहेको छ l

पहिलो दिनको हाईलाइट हेर्नुस 





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]