न्युजिल्यान्डकी केरले तोडिन २१ बर्ष पुरानो रेकर्ड, एकदिवसीय क्रिकेटमा दोहोरो शतक

New Zealand’s Amelia Kerr hits out at Clontarf Cricket Club. Photograph: Morgan Treacy/INPHO/REX/Shutterstock
  • विकेटनेपाल, जेठ ३१ – बिहिबार

न्युजिल्यान्डको महिला क्रिकेट टिमकी १७ बर्षीय ओपनर ब्याट्सवुमन अमेलिया केरले आयरल्याण्डबिरुद्द भएको तेस्रो एकदिवसीय क्रिकेटमा अविजित २३२ रनको पारि खेल्दै २१ बर्ष अगाडी अस्ट्रेलियाकी पुर्व कप्तान बेलिन्डा क्लार्कको किर्तिमान तोडेकीछन्।

बुधबार भएको खेलमा अमेलिया केरले १४५ बलको सामना गर्दै ३१ चौका र २ छक्का प्रहार गर्दा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ४४० रनको बिशाल योगफल तयार पारेको थियो। सन् २०१६ मा बलिंग अलराउण्डरको रुपमा न्युजिल्यान्डको लागि डेब्यु गरेकी केरले यसभन्दा अगाडी सर्बाधिक ८१ रन बनाएकी थिइन्।

अस्ट्रेलियाकी पुर्वकप्तान बेलिन्डा क्लार्कले सन् १९९७ मा डेनमार्क बिरुद्द खेल्दै अविजित २२९ रन बनाएकी थिइन्।

महिला क्रिकेटको सर्बाधिक स्कोर

Runs Batter Match details
232* Amelia Kerr New Zealand v Ireland – Dublin, June 2018
229* Belinda Clark Australia v Denmark – Mumbai, December 1997
188 Deepti Sharma India v Ireland – Potchefstroom, May 2017
178* Chamari Athapaththu Sri Lanka v Australia – Bristol, June 2017
173* Charlotte Edwards England v Ireland – Pune, December 1997

आयरल्याण्डको डब्लिनमा भएको खेलमा टस जितेको न्युजिल्यान्डका लागि अमेलिया केरको किर्तिमानी दोहोरो शतक बनाउँदै लेइग कस्पेरेकसँग (११३ रन, १०५ बल, १० चौका) दोश्रो विकेटको लागि २९५ रन तथा अमी सत्तेर्थवेटसँग (६१ रन, ४५ बल, १० चौका) पहिलो विकेटको लागि ११३ रनको साझेदारी गरेकी थिइन्।

जवाफमा ४४१ रनको बिशाल लक्ष्य पछ्याएको आयरल्याण्डले ९० रनको स्कोरमा मात्र ३ विकेट गुमाएको भएपनि म्यान अफ द म्याच समेत घोषित अमेलिया केरले आफ्नो लेगस्पिनको मद्दतमा ५ विकेट लिन ७ ओभर बलिंग गर्दै २ मेडनसहित मात्र १७ रन खर्चेपछी ४४ ओभरमा ११३ रनमा अलआउट हुँदै खेल ३०५ रनले गुमाएको थियो।

यसअघि भएको पहिलो एकदिवसीय खेलमा न्युजिल्यान्डले ४९० रनको बिशाल योगफल तथा दोश्रो खेलमा ४१८ रन बनाएको थियो।

यो पनि पढ्नुहोस्:

न्युजिल्यान्डको अपत्यारिलो ब्याटिंग, एकदिवसीय खेलको एकै पारिमा बन्यो ४९० रन





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]