श्रीलंकाको कप्तान फेरी परिवर्तन

२०७४ पुष २५, मंगलवार ११:२८

  • विकेटनेपाल, पौष २५ – मंगलबार

श्रीलंकाले एकदिवसीय तथा टी-२० क्रिकेट टिमको लागि नयाँ कप्तान नियुक्ति गरेको छ ।

जुलाई पछी श्रीलंकाले ५ जना कप्तानहरु पनि परिवर्तन गरिसकेको छ जसमा दिनेश चण्डीमल, उपुल थरांगा, चमेरा कपुगेदरा, लासिथ मालिंगा र थिसारा परेरा रहेका छन्।

करिब ६ महिना अगाडी सबै फर्म्याटको कप्तानीबाट राजिनामा दिएका एन्जेलो म्याथ्युजलाई श्रीलंकाले पुनः कप्तानीको जिम्मेवारी दिने भएको हो । उनले जनवरी ९ तारिखदेखि कार्यभार सम्हाल्ने छन् ।

जिम्बाबेसँग जुलाई महिनामा भएको सिरिजमा नमिठो हार व्यहोरेपछि कप्तानीबाट उनले राजिनामा दिएपछि श्रीलंकाले धेरै कप्तानहरु परिवर्तन गरेपनि सफलता हात पार्न नसकेपछि सन् २०१९ को विश्वकपलाई मध्यनजर गर्दै ३० बर्षीय म्याथ्युजलाईनै पुनः कप्तान नियुक्त गरेको हो ।

(Source: @Getty)

म्याथ्युजले एकदिवसीय तथा टी२० क्रिकेट टिमको कप्तानी छोडेपछि श्रीलंकाले खेलेका २९ एकदिवसीय तथा टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा २३ खेलमा पराजित हुन पुगेको छ। नोभेम्बरमा सम्पन्न भारत यात्रामा श्रीलंकाले टेस्ट, एकदिवसीय र टि-२० सिरिजमा सहजै पराजय बेहोर्ने क्रममा टुरमै एउटा मात्र खेलमा जित हात पारेको थियो।

श्रीलंका जनवरी १५ देखि बंगलादेशमा हुने त्रि-देशीय एकदिवसीय शृंखलामा सहभागी हुने छ जसमा जिम्बाबे समेत सम्मिलित छ भने यो शृंखलापछी बंगलादेश बिरुद्द २ टेस्ट तथा २ टी-२० खेलको सिरिज खेल्ने कार्यक्रम रहेको छ । टेस्ट क्रिकेटको कप्तानी भने दिनेश चण्डीमललेनै सम्हाल्ने छन् ।

दिनेश चण्डीमाल (Source: @Getty)

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy