एपीएफद्वारा लुम्बिनीलाई १२३ रनको लक्ष्य

दाङको लमहीमा जारि प्रधानमन्त्री महिला राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत तेश्रो दिनको दोश्रो खेलमा शशस्त्र प्रहरी बल ( एपीएफ ) र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्। समुह ‘ए’ अन्तर्गत दुवै टिम सेमीफाइनल प्रवेश गरेता पनि आजको जित हात पार्ने टिम विजेता र पराजित हुने टिम उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ।

लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १२२ रन बनाउदै लुम्बिनीलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

एपीएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन प्रहार गरिन् जसले ५४ बलमा १ चौका हिर्काइन्। यस्तै इन्दु बर्माले ३० बलमा ४ चौका मद्दतले २८ रन, राजमती ऐरीले ११ रन तथा सरिता मगरले अविजित १० रन बनाइन्।

ज्योति पाण्डे

पहिलो विकेटको लागि ज्योतिले राजमती ऐरीसंग ४४ रनको साझेदारी गरेकी थिईन्। नवौं ओभरमा राजमतीलाई नेरी थापाले बोल्ड गरेपछि ज्योतिले इन्दुसंग दोश्रो विकेटको लागि ६० रन जोडिन्। १८ औं ओभरमा इन्दुलाई कृतिका मरासिनीले बोल्ड गरिन्। लगत्तै ओभरमा ज्योतिलाई नेरीले बोल्ड गरिन्।

लुम्बिनी प्रदेशको बलिंगमा कप्तान नेरी थापाले सर्वाधिक २ विकेट ( ४-०-२६-२ ) हात पारिन्। सरस्वति पुन ( ४-०-२२-१ ) र कृतिका मरासिनी ( ४-०-२३-१ ) ले समान १ विकेट हात पारिन्।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को आज सम्पन्न पहिलो खेलमा प्रदेश-२ ले कर्णाली प्रदेशलाई १४३ रनले पराजित गर्यो।  





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]