सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफ महिला प्रधानमन्त्री कपको फाइनलमा

सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

दाङको लमही क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले मात्र १ विकेट गुमाएर १५ ओभरमा पुरा गर्यो। स्कोरकार्ड 

एपीएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक अविजित २६ तथा सरिता मगरले अविजित १९ रन बनाइन्। कप्तान सिता राना मगरले ७ रन योगदान दिईन्।

ओपनर सिता राना मगर ७ रन बनाएर आउट भएपछि अर्की ओपनर ज्योति पाण्डेले सरिता मगरसंग दोश्रो विकेटको लागि ४७ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

सुदूरपश्चिमको बलिंगमा कविता कुँवरले १ विकेट हात पारिन्।

यस अघि टस जितेर ब्याटिंग रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो।

Karuna Bhandari

सुदूरपश्चिमको ब्याटिंगमा कविता जोशीले सर्वाधिक २२, रेवती धामीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन्। कविता कुँवरले ९, ऋतु कनोजियाले ४, सम्झना खड्का र लक्ष्मी साउदले समान ३ रन बनाए।

एपीएफको बलिंगमा अफ स्पिनर करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा मात्र ११ रन खर्चिन्। सिता राना मगरले १ विकेट लिईन्। ३ जना सुदूरपश्चिमका खेलाडीहरु रन आउट भए।

प्रतियोगिताको अघिलो संस्करणको फाइनलमा एपीएफले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो।

एपीएफ समुह ‘ए’ को विजेता तथा सुदूरपश्चिम प्रदेश समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। आजै दिउसो १:१५ बजे सुरु हुने दोश्रो सेमीफाइनलमा प्रदेश-१ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]