दाङको लमहीमा जारि प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा विभागीय टोलि डिफेन्डिङ च्याम्पियन एपीएफ र प्रदेश-२ ले प्रतिस्पर्धा गरिरहेका छन्।
लमही क्रिकेट मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको प्रदेश-२ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७२ रन बनाउदै एपीएफलाई ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड
प्रदेश-२ को लागि ओपनर अनुराधा चौधरीले सर्वाधिक १८ तथा सोभा आलेले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सन्तोषी चौधरीले अविजित ९ रन तथा बिमला मगरले ६ रन बनाईन्।
इनिंगमा प्रदेश-२ का कुनै पनि खेलाडीले बाउन्ड्री प्रहार गर्न सकेनन्।
पहिलो विकेटको लागि सोभा र अनुराधाले २७ रनको साझेदारी गरेता पनि त्यसपछि एपीएफले लगातार विकेट निकाल्दै लगातार दबाब बनायो। त्यसबाहेक खेलमा अर्को ठूलो साझेदारी बन्न सकेन।
एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक २ विकेट हात पारिन्। रेखा रावल, करुना भण्डारी, इश्वरी बिस्ट र राजमती ऐरीले समान १ विकेट लिए।
एपीएफले प्रदेश-२ लाई पराजित गरेको खण्डमा एपीएफ र लुम्बिनी प्रदेश पनि सेमीफाइनल प्रवेश गर्नेछ। एपीएफले हिजोको खेलमा कर्णाली प्रदेशलाई २०४ रनले पराजित गरेको थियो। प्रदेश-२ ले
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा विभागीय टोलि एपीएफ र ७ वटा प्रदेश गरि कुल ८ टिम सहभागी रहेका छन्। समुह ‘ए’ मा लुम्बिनी, कर्णाली, एपीएफ र प्रदेश-२ रहेका छन् भने समुह ‘बि’ मा प्रदेश-१ , बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश रहेका छन्। समुह चरणमा सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेलिसकेपछि अंकतालिकामा शिर्ष हुने २/२ टिम सेमीफाइनल प्रवेश गर्नेछन्।
प्रतियोगिताको विजेता टिमले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २१ हजार तथा उत्कृस्ट ब्याटिंग र बलिंग गर्ने खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।