उत्कृस्ट प्रदर्शन पछि सचिनको छोरा अर्जुन तेन्दुलकरको चर्चा

  • विकेटनेपाल, पौष २८ – शुक्रबार 

क्रिकेटको दुनियाँमा भगवानको उपनामले समेत चिनिने सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले आफ्नो प्रदर्शन मार्फत पुनः ध्यान खिचेका छन्।

देब्रे-हाते तिब्रगतिको बलिंग तथा ब्याटिंग गर्ने अर्जुन हाल अस्ट्रेलियाको सिड्नीमा आयोजना भइरहेको स्पिरिट अफ क्रिकेट ग्लोबल च्यालेन्ज प्रतियोगिता खेलिरहेका छन्। सिड्नी क्रिकेट ग्राउण्डको आयोजनामा जारि प्रतियोगितामा अर्जुन क्रिकेटर्स क्लब अफ इन्डियाको प्रतिनिधित्व गर्दैछन्।

प्रतियोगिता अन्तर्गत बिहिवार भएको खेलमा १८ बर्षिय अर्जुनले उत्कृस्ट खेल प्रदर्शन गरे।

अस्ट्रेलियाको ऐतिहासिक ब्र्याडम्यान ओभल मैदानमा अर्जुनले आफ्नो टोलीका महत्वपूर्ण अलराउण्ड प्रदर्शन गर्ने क्रममा मात्र २७ बलमा ४८ रन बनाउनका साथै  ४ ओभरको स्पेलमा ४ विकेट पनि हातपारे पछि उनको चर्चा फेरी चुलिएको छ।

अर्जुन तेन्दुलकर ( फोटो – abcnews )

अर्जुनले यस अघि पनि घरेलु क्रिकेटमा राम्रो प्रदर्शनले चर्चा पाइसकेका छन् भने गत बर्ष इंग्ल्यान्ड ब्याट्सम्यान जोनी बेयरस्ट्रोलाई नेटमा बलिंग गर्ने क्रममा अर्जुनको योर्कर बलले खुट्टामा लागेपछि बेयरस्ट्रोलाई उपचारनै गर्नु परेको थियो।

अस्ट्रेलियामा उत्कृस्ट प्रदर्शन पछी भारतको एबीसी न्यूजसंग कुराकानी गर्दै अर्जुनले आफुलाई अन्य खेलमा पनि रुची भएतापनि अब क्रिकेटमात्र खेल्ने र यसैमा आफ्नो सम्पूर्ण ध्यान लगाउने बताएका छन्।

बेन स्टोक्स र मिचेल स्टार्कलाई आफ्नो रोल मोडल मान्ने अर्जुनले भविष्यमा भारतीय रास्ट्रिय क्रिकेट टिमको तिब्र गतिको बलर बन्न चाहने उद्देश्य राख्छन्। अर्जुनलाई भारतीय राष्ट्रिय टोलिका ब्याट्सम्यानहरुलाई नेटमा बलिंग गर्ने मौका समेत मिलिसकेको छ।

सचिन तेन्दुलकर अर्जुनसंग 

गत बर्ष सेप्टेम्बरमा अर्जुन मुम्बई यु-१९ क्रिकेट टिमको लागि छनौट भएका थिए भने मुम्बई यु-१६ टिमको प्रतिनिधित्व गरिसकेका छन्।

सचिन तेन्दुलकरले भने छोराको करियरमा कुनै पनि अबरोध सिर्जना नगर्ने बताउदै आएका छन्। २०१६ अप्रिलमा एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले अर्जुनलाई आफुले गाइड गरेता पनि उनलाई आफ्नो जिन्दगिमा पुरा स्वतन्त्र छोडेको बताएका थिए। त्यसक्रममा सचिनले अर्जुनको नामसंग आफ्नो नाम जोडीनाले उनलाई अतिरिक्त दबाब हुने स्वीकार्दै उनलाई सहज पक्कै नहुने बताएका थिए।

 





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]