ख्वाजाको बिशाल इनिंगले अस्ट्रेलिया बलियो स्थितिमा

२०७४ पुष २२, शनिबार १५:०१

  • विकेटनेपाल, २२ पौष- शनिबार 

उस्मान ख्वाजाको बिशाल शतक तथा स्टिभ स्मिथसंगको बिशाल साझेदारी पछि अस्ट्रेलियाले पाँचौ तथा अन्तिम एसेज टेस्टमा पहिलो इनिंगमा १३३ रनको अग्रता लिएको छ।

इंग्ल्याण्डले पहिलो इनिंगमा ३४६ रन बनाएपछि ब्याटिंग थालेको अस्ट्रेलियाले तेश्रो दिनको समाप्तिमा ४७९/४ को स्कोर बनाईसकेको छ। दिनको समाप्तिमा शन मार्श ९८ रन तथा मिचेल मार्श ६३ रनमा अविजित रहेका छन्।

यस अघि उस्मान ख्वाजाले छैठौं टेस्ट शतक पुरा गर्दै अस्ट्रेलियालाई अग्रतातर्फ लगेका थिए। १७१ रनको इनिंग खेलेका उनले ३८१ बलमा १८ चौका र १ छक्का प्रहार गरे। तेश्रो विकेटको लागि उनले कप्तान स्टिभ स्मिथसंग तेश्रो विकेटको लागि १८८ रनको साझेदारी गरेका थिए। स्मिथ ८३ रन बनाएर आउट भए।

तेश्रो विकेटपछि ख्वाजाले शन मार्शसंग १०१ रनको साझेदारी गरेका थिए। ख्जावाको विकेट पछि शन मार्श र मिचेल मार्शले १०४ रनको साझेदारी गरिसकेका छन्।

इंग्ल्यान्ड बलर जेम्स एण्डरसन, स्टुवार्ट ब्रड, मोइन अलि र मासोन क्रेनले  समान १ विकेट आफ्नो नाम गरेका छन्।

इंग्ल्याण्ड पहिलो इनिंग 

यस अघि सिड्नीमा टस जितेर पहिले ब्याटिंग गरेको इंग्ल्यान्डको लागि कप्तान जोए रुटले सर्बाधिक ८३ रनको योगदान दिएका थिए। डविड मलनले ६२ रन, तम कुर्रनले र एलेस्टर कुकले समान ३९ रन बनाए।

इंग्ल्याण्डलाई रोक्न अस्ट्रेलियन बलर प्याट कमिन्सले सर्बाधिक ४ विकेट ( २४.३-५-८०-४ ) तथा मिचेल स्टार्क र जोश हेजलवुडले २/२ विकेट हात पारे।

सिरिजमा अस्ट्रेलियाले ३-० ले  जितीसकेको छ भने एउटा टेस्ट बराबरीमा समाप्त भएको थियो। टेस्ट शृंखला पछि दुई टिमले ५ वटा एकदिवसीय खेल्नेछ।

( फोटोहरु – आईसीसी )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy