ख्वाजाको बिशाल इनिंगले अस्ट्रेलिया बलियो स्थितिमा

  • विकेटनेपाल, २२ पौष- शनिबार 

उस्मान ख्वाजाको बिशाल शतक तथा स्टिभ स्मिथसंगको बिशाल साझेदारी पछि अस्ट्रेलियाले पाँचौ तथा अन्तिम एसेज टेस्टमा पहिलो इनिंगमा १३३ रनको अग्रता लिएको छ।

इंग्ल्याण्डले पहिलो इनिंगमा ३४६ रन बनाएपछि ब्याटिंग थालेको अस्ट्रेलियाले तेश्रो दिनको समाप्तिमा ४७९/४ को स्कोर बनाईसकेको छ। दिनको समाप्तिमा शन मार्श ९८ रन तथा मिचेल मार्श ६३ रनमा अविजित रहेका छन्।

यस अघि उस्मान ख्वाजाले छैठौं टेस्ट शतक पुरा गर्दै अस्ट्रेलियालाई अग्रतातर्फ लगेका थिए। १७१ रनको इनिंग खेलेका उनले ३८१ बलमा १८ चौका र १ छक्का प्रहार गरे। तेश्रो विकेटको लागि उनले कप्तान स्टिभ स्मिथसंग तेश्रो विकेटको लागि १८८ रनको साझेदारी गरेका थिए। स्मिथ ८३ रन बनाएर आउट भए।

तेश्रो विकेटपछि ख्वाजाले शन मार्शसंग १०१ रनको साझेदारी गरेका थिए। ख्जावाको विकेट पछि शन मार्श र मिचेल मार्शले १०४ रनको साझेदारी गरिसकेका छन्।

इंग्ल्यान्ड बलर जेम्स एण्डरसन, स्टुवार्ट ब्रड, मोइन अलि र मासोन क्रेनले  समान १ विकेट आफ्नो नाम गरेका छन्।

इंग्ल्याण्ड पहिलो इनिंग 

यस अघि सिड्नीमा टस जितेर पहिले ब्याटिंग गरेको इंग्ल्यान्डको लागि कप्तान जोए रुटले सर्बाधिक ८३ रनको योगदान दिएका थिए। डविड मलनले ६२ रन, तम कुर्रनले र एलेस्टर कुकले समान ३९ रन बनाए।

इंग्ल्याण्डलाई रोक्न अस्ट्रेलियन बलर प्याट कमिन्सले सर्बाधिक ४ विकेट ( २४.३-५-८०-४ ) तथा मिचेल स्टार्क र जोश हेजलवुडले २/२ विकेट हात पारे।

सिरिजमा अस्ट्रेलियाले ३-० ले  जितीसकेको छ भने एउटा टेस्ट बराबरीमा समाप्त भएको थियो। टेस्ट शृंखला पछि दुई टिमले ५ वटा एकदिवसीय खेल्नेछ।

( फोटोहरु – आईसीसी )





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]