अस्ट्रेलिया फाइनल नजिक, भारत १ सय ८४ रनले पराजित

२०८१ पुष १५, सोमबार १२:४६

काठमाडौँ । बोर्डर गावास्कर ट्रफीको चौथो टेस्टमा भारतलाई हराउँदै घरेलु टोली अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ।

मेलवर्न क्रिकेट स्टेडियममा सोमवार सम्पन्न भएको टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गरेको हो।

यो जितसँगै अस्ट्रेलियाले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता बनाएको छ। यस्तै पाँचौँ तथा अन्तिम टेस्ट आगामी शुक्रवारबाट सिड्नीमा हुनेछ। उक्त खेल जितेमा अस्ट्रेलियाले डब्लुटिसीको फाइनलमा स्थान बनाउने छ।

अस्ट्रेलियाले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत १ सय ५५ रनमा आट आउट भयो। भारतका लागि ओपनर यसश्वी जैसवालले सर्वाधिक ८४ रन जोडे। उनले २ सय ८ बलमा ८ चौका प्रहार गरे।

ऋषभ पन्त ३० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यता, अस्ट्रेलियाका लागि कप्तान प्याट कमिंस र स्कट बोल्याण्डले समान ३ तथा नाथन लायनले २ विकेट लिए।

अस्ट्रेलियाका लागि दोस्रो इनिङमा मार्नस लाबुस्छेन ७० रनमा आउट हुँदा माथिल्लो क्रममा ब्याटरहरु चल्न सकेनन्। कप्तान प्याट कमिंस ४१, ओपनर उस्मान ख्वाजा २१ तथा स्टिभ स्मिथ १३ रनमा आउट भए।

नाथन लायन ४१ रनमा आउट हुँदा स्कट बोल्याण्ड १५ रनमा नट आउट रहेका छन्। भारतका लागि जसप्रित बुमराहले ५ तथा मोहम्मद सिराजले ३ विकेट लिए।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy