काठमाडौँ । वर्षाका कारण रद्द अस्ट्रेलिया र दक्षिण अफ्रिकाले अंक बाडेका छन्।
च्याम्पियन्स ट्रफि अन्तर्गत समूह ‘बी’ को आ–आफ्नो दोस्रो खेल वर्षाका कारण खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका हुन्।
भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो।
जारी प्रतियोगितामा पहिलो खेलमा जित हासिल गरेको दुबै टोलीको यो नतिजाले तीन अंक पुगेको छ। समान अंक भएपनि दक्षिण अफ्रिका शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ।
