अस्ट्रेलियाको कठिन जितमा कमिन्स नायक

२०७४ माघ १२, शुक्रबार २०:१८

  • विकेटनेपाल, माघ १२ – शुक्रबार 

इंग्ल्याण्ड बिरुद्धको चौथो एक दिवसीय खेलमा अस्ट्रेलियाले ३ विकेटको कठिन जित हात पार्यो। योसंगै ५ खेलको एक दिवसीय सिरिज इंग्ल्याण्डको पक्षमा ३-१ को अवस्थामा आएको छ।

टस जित्दै अस्ट्रेलियाले पहिले बलिंग गर्ने निर्णय लिएपछि ब्याटिंगमा उत्रिएको इंग्ल्याण्डले बिर्सनलायक सुरुवात गरेको थियो। जस् हेजलवुड र प्याट्रिक कमिन्सको धारिलो बलिंगको जवाफ दिन इंग्ल्याण्डको माथिल्लो क्रमका ब्याट्सम्यान असक्षम रहे। इंग्ल्याण्डका शिर्ष ४ ब्याट्सम्यान दोहोरो अंक नजोड्दै पभेलियन फर्किए पछि मात्र ८ रनको योगफलमा ५ इंगलिस ब्याट्सम्यान आउट भएका थिए।

त्यसपछि भने छैठौं विकेटका लागि कप्तान ओएन् मोर्गन र मोइन अलिले ५३ रनको साझेदारी गरे। मोर्गनले तथा अलि दुबैले समान ३३-३३ रन जोडे।

धरासायी बनिरहेको इंग्ल्याण्डको इनिंगलाई सम्हाल्ने क्रममा क्रिस वोक्सले सर्वाधिक ७८ रन बनाए। ८२ बल खेलका वोक्सले ४ चौका र ५ छक्का प्रहार गरे। वोक्सको इनिंगको सहयोगले इंग्ल्याण्डले ४४.५ ओभरमा अलआउट हुन अघि १९६ रन जोडेको थियो।

अस्ट्रेलियाको बलिंगतर्फ प्याट कमिन्सले ४ विकेट चट्काएका थिए। एक दिवसीय करियरकै उत्कृस्ट बलिंग प्रदर्शन गर्ने क्रममा कमिन्सले १० ओभरमा २४ रन खर्चेर ४ विकेट हात पारे। यस्तै जस् हेजलवुड र एन्ड्रिउ टाईले पनि समान ३-३ विकेट नाम गरे।

ट्रयाभिस हेडले ९६ रन जोड्दा कंगारु टोलिले जित हात पार्यो

सजिलो भएन अस्ट्रेलियाको जित 

जवाफमा सिरिजको पहिलो जित हात पार्न मात्र १९७ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको अस्ट्रेलियाले मध्यम सुरुवात गर्यो। उत्कृस्ट लयमा रहेका एरन फिन्च चोटिल भएपछी उनको स्थानमा ओपनिंग सम्हालेका ट्रयाभिस हेडले ९६ रन जोड्दा कंगारु टोलिले जित हात पार्यो।

१०७ बल खेल्दै १५ चौका प्रहार गरेका हेडले अस्ट्रेलियालाई खेलमा बनाई राखेका थिए। यस्तै घरेलु टोलिका लागि मिचेल मार्शले ३२ तथा टिम पेनले अविजित २५ रनको योगदान गरे।

इंग्ल्याण्डका बलरले लगातार रुपमा विकेट निकालेपनि टिमलाई जित दिलाउन सकेनन्। इंग्ल्याण्डका आदील रशिदले ३ तथा टम कुर्रन, मार्क वुड र क्रिस वोक्सले समान १-१ विकेट हात पारे।

यी दुई टोलि बिचको पाँचौ तथा अन्तिम एक दिवसीय खेल आईतवार हुनेछ।

( फोटो – आईसीसी, गेट्टि इमेज )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy