अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया फाईनलमा

  • विकेटनेपाल – १५ माघ, सोमवार 

उत्कृस्ट लयमा रहेको अफगानिस्तानलाई पराजित गर्दै अस्ट्रेलिया अन्डर-१९ विश्वकपको फाईनलमा प्रवेश गरेको छ। आज भएको पहिलो सेमी फाईनल खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ६ विकेटले हरायो।

पहिले ब्याटिंग गर्दै अफगानिस्तानले दिएको १८२ रनको सामान्य लक्ष्य, अस्ट्रेलियाले ३७.३ ओभरमा ४ विकेट गुमाउँदा भेट्टायो।

अस्ट्रेलियाको जितमा जयाक् एडवार्ड्सले ७२ रनको योगदान गरे। ६५ बल खेलेका ज्याक् ले ८ चौका र २ छक्का प्रहार गर्दै अस्ट्रेलियाको जितलाई सम्भव बनाए। यस्तै परम उप्पलले ३२ र कप्तान जेसन साँगाले २६ रन जोडे।

कंगारु टोलीको खातामा मात्र २६ रनहुँदा म्याक्स ब्रन्ट पहिलो विकेटको रुपमा पभेलियन फर्किए। अफगानिस्तानलाई पहिलो सफलता दिलाउने क्रममा मुजीव जद्रानले म्याक्सलाई आउट गरे। तर त्यसपछि भने अस्ट्रेलियाले साझेदारी बनाउदै खेललाई आफ्नो पक्षमा पार्यो।

अफगानिस्तानका लागि क्वैस अहमदले २ तथा मुजीव जद्रान र नविन उल हकले समान १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको अफगानीस्तानले खराव ब्याटिंग गर्दै मात्र १८१ रन जोडको थियो। उसका इक्रम अलि खिलले ८०, रहमनुल्लाहले २०, मुजिव जद्रानले १२ तथा निसर वह्दतले ११ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न बिफल रहेका थिए।

इक्रमले ८० रन जोड्ने क्रममा ११९ बल खेल्दै ८ चौका प्रहार गरेका थिए। अस्ट्रेलियाका बलरले लगातार रुपमा विकेट निकाल्दा अफगानिस्तानका ब्याट्सम्यान साझेदारी बनाउनबाट चुकेका थिए।

अस्ट्रेलियाका जोनाथन मेर्लोले ४ विकेट चट्काएका थिए। १० ओभरको स्पेलमा २४ रन खर्चेर ४ विकेट लिंदा जेक एभंसले २ विकेट लिएका थिए।

दोस्रो सेमीफाईनलमा भोलि भारतले पाकिस्तानको सामना गर्दैछ।

अघिल्लो पल्ट बंगलादेशमा भएको विश्वकपको संस्करणमा अस्ट्रेलियाले सुरक्षाको कारण देखाउदै सहभागिता जनाएको थिएन ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]