स्टार्क र लायनको बलिंगले दक्षिण अफ्रीका निरिह

  • विकेटनेपाल, फाल्गुन १९ 

दक्षिण अफ्रीका र अस्ट्रेलिया बीच सुरु भएको टेस्ट सिरिज ४ वटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा घरेलु टिम माथि अस्ट्रेलिया हाबी भएको छ।

किंग्समेड, डर्बन मैदानमा टस जितेर ब्याटिंग रोजेको अस्ट्रेलियाले पहिलो इनिंगमा ३५१ रन बनाएपछि पहिलो इनिंगमा दक्षिण अफ्रीका १६२ रनमै समेटिन पुगेपछि भ्रमण टिम अस्ट्रेलियाले दोश्रो दिन समाप्तिमा १८९ रनको अग्रता लिएको छ।

स्टार्क उत्कृस्ट

एबि डीभिल्लर्सले संघर्षपूर्ण अविजित ७१ रन ( १२७ बल, ११ चौका ) को पारि खेले पनि अन्य ब्याट्सम्यानहरुले ठुलो स्कोर गर्न नसक्दा दक्षिण अफ्रीकाले ५१.५ ओभरमा १६२ रनमै सबै विकेट गुमाउन पुग्यो। ओपनर एडेन मारक्रमले ३२, क्वीन्टन डीककले २० तथा फाफ डु प्लेसिसले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले २ अंकको रन जोड्न सकेनन्।

माइकल स्टार्क एक्लैले ५ विकेट हात पारे जुन क्रममा दक्षिण अफ्रिकी मध्येक्रम र तल्लोक्रम ध्वस्त पारेका थिए। १०.४ ओभर बलिंग गर्दै स्टार्कले ३४ रन खर्चेर ५ विकेट लिए। अफ स्पिनर नाथन लायनले ३ विकेट ( १६-३-५-३ ) तथा जोश हेजलवुड र प्याट कमिन्सले समान १/१ विकेट आफ्नो नाम गरे।

अस्ट्रेलियाको इनिंग 

टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले दोश्रो दिनको लन्च सत्रपछि सबै विकेट गुमाई ३५१ रन बनाएको थियो। सुरुवात देखि निरन्तर अन्तरलमा विकेट गुमाएपनि अस्ट्रेलियन ब्याट्सम्यानहरुले सानो भए पनि नियमित साझेदारी बनाउदै गए।

तेश्रो विकेटको लागि डेभिड वार्नर र स्टिभ स्मिथले ५६ रन, चौथो विकेटको लागि पनि स्मिथले शन मार्शसंग ५६ रनकै साझेदारी गरे। छैठौं विकेटको लागि मिचेल मार्श र टिम पेनले ६० रनको, आठौँ विकेटको लागि मार्श र स्टार्कले ४९ रनको तथा नवौं विकेटकको लागि मार्श र नाथन लायन्ले ४१ रनको साझेदारी गर्दै इनिंग बढाएका थिए।

शतक बनाउन ४ रनले चुकेका मार्शले फिलान्डरको बलमा आउट हुनु अघि १७३ बलमा ९६ रन बनाए जुन क्रममा १३ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान स्मिथले ५६,वार्नरले ५१ , शन मार्शले ४० रन योगदान दिए।

दक्षिण अफ्रिकी बलर देब्रे हाते स्पिनर केशभ महाराजले ५ विकेट ( ३३.४-५-१२३-५ ) हात पारे भने भेरोन फिलाण्डरले ३ ( २७-१२-५९-३ ) तथा कासिगो रबाडाले २ विकेट ( २५-७-७४-२ ) आफ्नो नाम गरे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy