बिशाल जित सहित एसेज ४-० ले अस्ट्रेलियाको पक्षमा

विकेटनेपाल- २५ पौष, मंगलवार

पाँचौ तथा अन्तिम टेस्टमा इङ्ल्याण्डलाई एक इनिङ तथा १२३ रनले हराउँदै अस्ट्रेलियाले एशेज ट्रफी आफ्नो नाम गरेको छ। स्टिभ स्मिथको कप्तानिमा रहेको घरेलु टोलि अस्ट्रेलियाले ५ टेस्टको सिरिज ४-० ले आफ्नो नाम गर्यो।

सिड्नी क्रिकेट ग्राउन्डमा पहिले ब्याटिङ गरेको इङ्ल्यण्डले आफ्नो पहिलो इनिङमा ३४६ रन बनाएको थियो। उसका लागि कप्तान जो रुटले ८३ तथा डेविड मलानले ६२ रनको योगदान गरे।

अस्ट्रेलियामा गएर अहिलेसम्म टेस्ट क्रिकेटमा शतक बनाउन नसकेका रुटले यसपटक पनि यो उचाई हाँसिल गर्न सकेनन्। एशेज सिरिज भरिनै केहि उत्कृस्ट अर्धशतक बनाएपनि ती अर्धशतकलाई ठूलो स्कोरमा बदल्न नसक्नुको घाटा सिंगो इङ्लिश टोलिनै भोग्नु पर्यो।
इङ्ल्याण्डको पहिलो इनिङलाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका प्याट कम्मिन्सले ४ विकेट लिए। धारिलो बलिङका लागि चिनिने कमिन्सले ८० रन खर्चेर ४ विकेट लिएका थिए।

आफ्नो पहिलो इनिङमा ब्याटिङ गर्न उत्रिएको अस्ट्रेलियाले पहिलो इनिङमा ७ विकेट गुमाउँदै ६४९ रनको विशाल स्कोर खडा गर्दै पारि समाप्त भएको घोषणा गर्यो। अस्ट्रेलियाका लागि ३ ब्याट्सम्यानहरु उस्मन ख्वाजा, मिचेल मार्श र शन् मार्शले शतक बनाए।
ख्वाजाले १७१ , मिचेल मार्शले १०१ र शन् मार्शले १५६* रन बनाए। शन मार्श र मिचेल मार्श, स्टिभ वा र मार्क वा पछि अस्ट्रेलियाका लागि एशेज टेस्टको एकै इनिङमा शतक बनाउने दोस्रो दाजुभाइ बने।

बिर्सन लायक रहेको इङ्ल्याण्डको बलिङतर्फ मोईन अलिले २ विकेट लिनबाहेक अन्य बलर चल्न सकेनन्।

आफ्नो दोस्रो पारिमा ब्याटिङ गर्न उत्रिएको इङ्ल्याण्डले खराब ब्याटिङ गर्दै पाँचौ टेस्टको नतिजा अस्ट्रेलियाको हातमा थमाउन बाध्य भयो। इङ्ल्याण्डले मात्र १८० रन बनाउदै ९ विकेट गुमाउँदा, अस्ट्रेलियाको स्कोर भन्द १२३ रनले पछि थियो। इङ्लिश कप्तान जो रुटले पाँचौ दिन डिहाईड्रेसनका कारण ब्याटिङ गर्न सकेनन्।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न फेरिपनी प्याट कमिन्सले ४ विकेट चट्काए। खेलको म्यान अफ दि म्याच समेत बनेक कमिन्सले कुल ८ विकेट लिए।

स्टिभ स्मिथ बने म्यान अफ द सिरिज

एशेज सिरिज भरिनै उत्कृस्ट लयमा रहेका स्टिभ स्मिथ यश सिजन को एशेज सिरिजको म्यान अफ दि सिरिज बनेका छन्। अस्ट्रेलियाका कप्तान स्मिथले ५ टेस्टमा १३७.४० को औसतमा ६८७ रन बनाए। इङ्ल्याण्डका बलरको टाउको दुखाईको बिषय बनेका स्मिथले यस सिजनको एशेजमा ३ शतक तथा २ अर्धशतक बनाएका थिए।

कस्तो रह्यो एशेज 

सन २०१७/१८ को एशेज यात्रा बृस्बेनबाट सुरु भयो। रोमान्चक बनेको पहिलो टेस्टमा घरेलु टोलिले १० विकेटको शानदार जित दर्ता गर्यो।
एशेज क्रिकेट इतिहासमानै पहिलो पटक पिंक बलले डे-नाईट टेस्ट खेल्न दुवै टोलि एडिलेड ओभल पुगे। अर्को रोमाञ्चक खेलमा घरेलु टोलिले बाजि मार्यो। यहि टेस्ट मार्फत इङ्ल्याण्डका दिग्गज बलर जेम्श एन्डरसनले, अस्ट्रेलियायी जमिनमा आफ्नो पहिलो ५ विकेट हल प्राप्त गरेक थिए। एन्डरसनको किर्तिमानी बलिङका बाबजुत अस्ट्रेलियाले यो टेस्ट १२० रनले जित्यो।

२-० ले पछि पर्दै तेस्रो टेस्टका का लागि इङ्ल्याण्ड पर्थ पुग्यो। तर फेरिपनी अस्ट्रेलियाको अलराउण्ड प्रदर्शनमा भ्रमणकारी टोलिले नतिजा एक इनिङ र ४२ रनले अस्ट्रेलियालाई सुम्पन बाध्य भयो। मेलबर्नमा भएको चौथो टेस्टमा भने इङ्ल्याण्डले अस्ट्रेलियालाई कडा चुनौती दियो।इङ्ल्याण्डका लागि एलेस्टर कुकले उट्कृस्ट ब्याटिङ गर्दै दोहोरो शतक बनाएपनी खेल भने बराबरीमा सकियो।

पाँचौ तथा अन्तिम टेस्टका लागि दुवै टोलि सिड्नी पुगे। सिरिज अस्ट्रेलियाको नाम भैसकेकाले पनि इङ्ल्याण्डका लागि यो प्रतिष्ठाको लडाइँ मात्र थियो। अन्तिम टेस्टमा पनि एक इनिङ र १२३ रनले नतिजा अस्ट्रेलियालाई सुम्पिदै इङ्ल्याण्डले एसेज सिरिजको अन्त्य गर्यो।

अस्ट्रेलियाको जितको शुत्र बने ४ बलर

कुनैपनि टोलिले टेस्ट म्याच जित्नका लागि दुई इनिङमा गरि २० विकेट लिन जरुरी हुन्छ। अस्ट्रेलियाको यस सिजनको एसेज सफलतामा पनि उसका ४ मुख्य बलर नायक रहे। मिचेल स्टार्क, प्याट कमिन्स र जस् हेजलवुडको तिब्र गति र नेथन लायनको स्पिनमा इङ्ल्याण्ड नराम्रोसंग फस्यो। यी ४ मुख्य बलरले एसेज शृङ्खलामा ब्यक्तिगत २० भन्दा माथि विकेट लिए। सन् २०१७/१८ को एसेज सिरिजमा प्याट कमिन्सले २३, मिचेल स्टार्कले २२ तथा नेथन लायन र जस् हेजलवुडले समान २१-२१ विकेट लिए।





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]