महिला प्रम कप : बागमतीद्वारा गण्डकीलाई चुनौतीपूर्ण लक्ष्य

दाङमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको पाँचौ दिनको दोश्रो खेलमा बागमती प्रदेश र गण्डकी प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्।

समुह ‘बि’ अन्तर्गतको चौथो खेलमा टस जितेर ब्याटिंग गरेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५३ रन बनाउदै गण्डकी प्रदेशलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड , अंकतालिका  

बागमतीको लागि  बिन्दा कटवालले सर्वाधिक ३८, सुमन खतिवडाले ३१ तथा कन्चन श्रेष्ठले २७ रन बनाए।

कन्चन श्रेष्ठ

ओपनर कन्चन र बिन्दाले पहिलो विकेटको लागि ७६ रनको साझेदारी गरेका थिए। ११ औं ओभरमा कन्चन रन आउट भएपछि बिन्दा र सुमन खतिवडा बीच ५३ रनको साझेदारी भयो। १८ औं ओभरमा सुमन र बिन्दा दुवैलाई अलिशा लामिछानेले पेभेलियन फर्काइन्। चौथो विकेटको लागि कप्तान अस्मिना कर्माचार्य र आरति बिडारीले २२ रनको साझेदारी गर्दै टिमको योगफल १५० पार गराए।

गण्डकी प्रदेशको बलिंगमा अलिशा लामिछानेले २ विकेट हात पारिन्।

यो खेलमा पराजित हुने टिमको सेमीफाइनल पुग्ने सम्भावना समाप्त हुनेछ। आज विहान सम्पन्न समुह ‘बि’ अन्तर्गतको अर्को खेलमा प्रदेश-१ ले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गर्यो।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]