रोमान्चक खेलमा बंगलादेशद्वारा अस्ट्रेलिया पराजित ( भिडीयो र फोटो फिचर )

  • विकेटनेपाल, भदौ १४

बंगलादेश २६० ( शाकिब ८४, तामिम इकबाल ७१, एगर ३-४६  ) २२१ ( तामिम ७८, लायन ६-८२ )
अस्ट्रेलिया २१७ ( रेनश ४५, शाकिब ५-६८ ) २४४ (  वार्नर ११२, शाकिब ५-८५ )
नतिजा : बंगलादेश २० रनले बिजयी

शाकिब अल हसनले उत्कृस्ट बलिंग गरेपछि रोमान्चक खेलमा अस्ट्रेलियालाई बंगलादेशले २० रनले पराजित गरेको छ l

ढाकामा सम्पन्न टेस्टमा जितको लागि बंगलादेशले दिएको २६५ रन लक्ष पछ्याउने क्रममा अस्ट्रेलिया चौथो दिनको सुरुवातमा १०९/२ को बलियो स्थितिमा थियो l

डेभिड वार्नरले टेस्टमा १९ औं शतक पुरा गर्दै अस्ट्रेलियालाई सुरक्षित गन्तव्य तिर लागेका थिए l तेश्रो विकेटको लागि वार्नरले कप्तान स्टिभ स्मिथसंग १३० रनको साझेदारी गरेपछि एकसमय अस्ट्रेलिया १५८/२ को स्थतिमा थियो र जितको लागि मात्र १०७ रन टाढा थियो र हातमा ८ विकेट सुरक्षित l

तर टेस्टले त्यति बेला कोल्टे फेर्यो र अस्ट्रेलियाले बाँकी ८ विकेट ८६ रन जोड्दा गुमाउन पुग्यो l फलस्वरुप अस्ट्रेलिया २४४ रनमा अलआउट हुन पुगेको थियो l

बाउन्स र टर्न धेरै भएको पिचमा अस्ट्रेलिया ब्याट्सम्यान वार्नर ( ११२ ) , स्मिथ ( ३७ ) , ग्लेन म्याक्सवेल ( १४ ) , म्याथु वेड ( ४ ) , उस्मान ख्वाजा ( १ ) गरि ५ जना माथिल्लो क्रम ब्याट्सम्यानको विकेट शाकिब अल हसनले लिएपछि बंगलादेशले रोमान्चक जित हात पार्यो l तल्लो क्रमका प्याट कमिन्सले अविजित ३३ रन बनाएर संघर्ष गरेपनि बंगलादेशको जित रोक्न सकेनन् l

२ टेस्टको शृंखला अन्तर्गत पहिलो टेस्टमा टस जितेर ब्याटिंग गरेको बंगलादेशले पहिलो इनिंगमा २६० रन बनाएको थियो l जसपछि आफ्नो पहिलो इनिंग ब्याटिंग गरेको अस्ट्रेलियाले बंगलादेश भन्दा कमजोर ब्याटिंग गर्दै २१७ रनमै अलआउट हुन पुगेको थियो l बंगलादेशले दोश्रो इनिंगमा २२१ रन बनाएको थियो l

१०१ टेस्टमा १० औं जित 

यो जितसंगै बंगलादेशले यो बर्ष इंग्ल्याण्ड, श्रीलंका र अस्ट्रेलियालाई पराजित गरेको छ l अस्ट्रेलियालाई पराजित गरेपछि कुल १०१ टेस्ट खेलेको बंगलादेशले १० औं जित दर्ता गरेको छ l उसले जिम्बाबेलाई ५ पटक, वेस्ट इन्डिजलाई २ पटक, इंग्ल्यान्ड र श्रीलंकालाई १-१ पटक पराजित गर्नसकेको छ l

उत्कृस्ट शाकिब 

शाकिब अल हसनले टेस्टको पहिलो इनिंगमा ८४ रन बनाएका थिए भने पहिलो र दोश्रो इनिंगमा अस्ट्रेलियाको इनिंग ध्वस्त गर्न ५/५ विकेट हात पार्दै जितको नायक बने l शाकिब टेस्ट क्रिकेटमा अर्धशतक र १० विकेट हात पार्ने बिश्वकै दोश्रो क्रिकेटर बन्न सफल भएका छन् lशाकिब पछि न्युजिल्याण्डका रिचर्ड हेडलीले ३ पटक उक्त रेकर्ड बनाएका छन् भने शाकिबको यो दोश्रो पटक हो l

बंगलादेशको जितमा ओपनर तामिम इकबालले पनि महत्वपूर्ण भूमिका निभाएका छन् l पहिलो इनिंगमा ७१ रन बनाएका उनले दोश्रो इनिंगमा पनि ७८ रनको इनिंग खेलेका थिए l

 

फोटोहरु :- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ( आईसीसी )





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]