तनावपूर्ण खेलमा बंगलादेश अन्तिम ओभरमा बिजयी

  • विकेटनेपाल, चैत्र ३ – शनिबार

श्रीलंकामा जारि बंगलादेश ,भारत र श्रीलंका बीच जारि त्रिकोणात्मक टि-२० शृंखला अन्तर्गत हिजो सम्पन्न निकै तनावपूर्ण खेलमा बंगालदेशले घरेलु टिम श्रीलंकालाई अन्तिम ओभरमा पाखा लगाउदै फाइनलमा भारतसंग भेट पक्का गरेको छ।

बंगलादेशलाई जितको लागि अन्तिम २ बलमा ६ रन चाहिएको अवस्थामा रियाद मह्मुदुल्लाहले इसुरु उडानको बलमा छक्का प्रहार गरेपछि बंगालदेश २ विकेटले बिजयी भएको थियो। श्रीलंकाले पहिले ब्याटिंग गर्दै दिएको १६० रनको लक्ष्य बंगलादेशले १९.५ ओभरमा ८ विकेट गुमाउदै जित हासिल गरेको थियो।

बंगलादेशको जितमा ओपनर तमिम इक्बालले अर्ध-शतक प्रहार गरे जुन क्रममा ५० रन बनाएका इक्बालले ४२ बलमा ४ चौका र २ छक्का प्रहार गरे। उनले तेश्रो विकेटका लागि मुश्फिकर रहिम (२५ रन,२ चौका) संग ६४ रनको सम्झेदारी गरे। अन्तिममा रियाद मह्मुदुल्लाहले मात्र १८ बलमा ४३ रन बनाउदै बंगलादेशलाई जित दिलाएका थिए। त्यसक्रममा उनले २ छक्का र ३ चौका हिर्काए। बलिंगमा श्रीलंकाका अकिल धनन्जयले २ विकेट लिए।

 

के भयो अन्तिम ओभरमा ?

जितका लागि इसुरु उदानाको अन्तिम ओभरमा १२ रन चाहिएको अवस्था थियो। पहिलो बल डट र दोश्रो बलमा मुस्ताफिजुर रहमान रन आउट भए लगत्तै खेल अत्यन्तै तनावपूर्ण अवस्थामा पुग्यो र खेल केहि समयका लागि रोकिन पुग्यो।

लगातर २ बल टाउको भन्दा माथिको बाउन्सर हुँदा पनि नो बल नदिएको भन्दै बंगालदेशका मह्मुद्ल्लाहले अम्पायरसंग विवाद गरिराख्दा बैकल्पिक बंगलादेशी खेलाडीहरुले श्रीलंकन खेलाडीहरुसंग झगडा गरेका थिए। त्यसपछि कप्तान शकिब अल हसन सहित अन्य खेलाडीहरु अम्पायर माथि खनिएका थिए। अवस्था यती खराब भयो कि बंगालदेशले झन्डै खेल श्रीलंकालाई सुम्पिन लाएको थियो र शाकिब अल हसनले आफ्ना ब्याट्सम्यानहरुलाई मैदान बाहिरिन भने। तर केहि बेरमा मेलमिलाप पछि खेल पुनः संचालन भयो।

जितका लागि अन्तिम ४ बलमा १२ रनको आवश्यकता हुँदा मह्मुदुल्लाहले ओभरको तेश्रो बलमा चौका प्रहार गरे। चौथो बलमा २ रन लिएपछि अब बंगलादेशलाई २ बलमा ६ रन आवस्यक थियो। उडानाको पाँचौ बललाई ब्याकवार्ड स्क्वायर लेगमा छक्का प्रहार गर्दै बंगलादेशलाई मह्मुदुल्लाहले रोमान्चक जित दिलाएका थिए।

श्रीलंकाको ब्याटिंग 

 

यस अघि आर प्रेमदासा मैदानमा श्रीलंकाले टस हारेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा १५९ रन बनाएको थियो।

निकै खराब सुरु गरेका श्रीलंकाले मात्र ४१ रन जोड्दा ५ विकेट गुमाईसकेको थियो। त्यसपछी विकेटकीपर ब्याट्सम्यान कुसल परेराले कप्तान थिसारा परेरासंग मात्र ६० बलमा ९७ रनको उत्कृष्ट साझेदारी गर्दै टोलिलाई सम्मानजक योगफलतर्फ लागेका थिए।  कुसल परेराले ४० बलमा ६१ रन (७ चौका,१ छक्का) र थिसारा परेराले ३७ बलमा ५८ ( ३ चौका र ३ छक्का) रनको योगदान गरे।

बलिंगतर्फ मुस्ताफिजुर रहमान(४-१-३९-२) ले २ विकेट हात परे। त्यसैगरी शकिब अल हसन, रुबेल हुसेन, मेहिदी हसन र सोम्यु सरकारले १-१ चट्काए।

खेलमा शानदार ४३ रन प्रहार गरेका रियाद मह्मुदुल्लाह म्यान अफ दि म्याच घोषित भए । त्रिकोणात्मक टि-२० शृंखलाको अन्तिम खेल अर्थात फाइनल भारत र बंगलादेश बीच आइतबार खेलिनेछ।

 

फोटोहरु : ( आईसीसी)

 

 

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy