रोमान्चक खेलमा बंगलादेशको अहिलेसम्मको उत्कृस्ट ब्याटिंग

  • विकेटनेपाल, फाल्गुन २७ – आइतबार

श्रीलंकामा जारि बंगलादेश र भारत समेत सम्मिलित त्रिदेशीय टी- २० सिरिजको शनिबार सम्पन्न तेस्रो खेलमा मुश्फिकर रहिमले आफ्नो करियरकै उत्कृस्ट ब्याटिंग गरेपछि बंगलादेशले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ ।

श्रीलंकाले दिएको २१५ रनको बिशाल लक्ष्य बंगलादेशले २ बल अगाबै मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।   उसका ओपनर तामिम इकबालले ४७ रन (२९ बल, ६ चौका, १ छक्का) र लिटोन दासले ४३ रन (१९ बल, २ चौका, ५ छक्का) को आक्रामक पारि खेल्दै पहिलो विकेटको लागि ५.५ ओभरमा ७४ रनको साझेदारी गरेका थिए । त्यस्तै अविजित ७२ रन बनाउन मात्र ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।   खराब बलिंग गरेको श्रीलंकाको लागि नुवान प्रदीपले ३७ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाले कुसल परेराको ७४ रन (४८ बल, ८ चौका, २ छक्का) को मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । त्यस्तै कुसल मेन्डिसले ५७ रन (३० बल, २ चौका, ५ छक्का) र उपुल थारंगाले अविजित ३२ रन (१५ बल, ४ चौका, १ छक्का) बनाए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४८ रन खर्चेर ३ तथा महामदुल्लाहले १५ रन खर्चेर २ विकेट लिए ।

बंगलादेशलाई जिताउन महत्त्वपुर्ण अविजित ७२ रन प्रहार गरेका मुश्फिकर रहिम म्यान अफ द म्याच घोषित भए ।

बंगलादेशले पुरा गरेको लक्ष्य टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो सर्बाधिक ठुलो रहेको छ:

२४४ अस्ट्रेलिया Vs न्युजिल्याण्ड, अक्ल्यान्ड, २०१८
२३२ वेस्ट इन्डिज Vs दक्षिण अफ्रिका, वन्डर्स्, २०१५
२३० इंग्ल्याण्ड Vs दक्षिण अफ्रिका, वान्खाड़े, २०१६
२१५ बंगलादेश Vs श्रीलंका, कोलम्बो,  २०१८

जारि प्रतियोगिता अन्तर्गतका नतिजाहरु:

पहिलो खेल: श्रीलंकासँग भारत ५ विकेटले पराजित
दोश्रो खेल: भारतसँग बंगलादेश ५ विकेटले पराजित

(फोटोहरु: बंगलादेश क्रिकेट बोर्ड वेबसाइट)

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy