रोमान्चक खेलमा बंगलादेशको अहिलेसम्मको उत्कृस्ट ब्याटिंग

  • विकेटनेपाल, फाल्गुन २७ – आइतबार

श्रीलंकामा जारि बंगलादेश र भारत समेत सम्मिलित त्रिदेशीय टी- २० सिरिजको शनिबार सम्पन्न तेस्रो खेलमा मुश्फिकर रहिमले आफ्नो करियरकै उत्कृस्ट ब्याटिंग गरेपछि बंगलादेशले श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ ।

श्रीलंकाले दिएको २१५ रनको बिशाल लक्ष्य बंगलादेशले २ बल अगाबै मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।   उसका ओपनर तामिम इकबालले ४७ रन (२९ बल, ६ चौका, १ छक्का) र लिटोन दासले ४३ रन (१९ बल, २ चौका, ५ छक्का) को आक्रामक पारि खेल्दै पहिलो विकेटको लागि ५.५ ओभरमा ७४ रनको साझेदारी गरेका थिए । त्यस्तै अविजित ७२ रन बनाउन मात्र ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।   खराब बलिंग गरेको श्रीलंकाको लागि नुवान प्रदीपले ३७ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाले कुसल परेराको ७४ रन (४८ बल, ८ चौका, २ छक्का) को मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । त्यस्तै कुसल मेन्डिसले ५७ रन (३० बल, २ चौका, ५ छक्का) र उपुल थारंगाले अविजित ३२ रन (१५ बल, ४ चौका, १ छक्का) बनाए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४८ रन खर्चेर ३ तथा महामदुल्लाहले १५ रन खर्चेर २ विकेट लिए ।

बंगलादेशलाई जिताउन महत्त्वपुर्ण अविजित ७२ रन प्रहार गरेका मुश्फिकर रहिम म्यान अफ द म्याच घोषित भए ।

बंगलादेशले पुरा गरेको लक्ष्य टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा चौथो सर्बाधिक ठुलो रहेको छ:

२४४ अस्ट्रेलिया Vs न्युजिल्याण्ड, अक्ल्यान्ड, २०१८
२३२ वेस्ट इन्डिज Vs दक्षिण अफ्रिका, वन्डर्स्, २०१५
२३० इंग्ल्याण्ड Vs दक्षिण अफ्रिका, वान्खाड़े, २०१६
२१५ बंगलादेश Vs श्रीलंका, कोलम्बो,  २०१८

जारि प्रतियोगिता अन्तर्गतका नतिजाहरु:

पहिलो खेल: श्रीलंकासँग भारत ५ विकेटले पराजित
दोश्रो खेल: भारतसँग बंगलादेश ५ विकेटले पराजित

(फोटोहरु: बंगलादेश क्रिकेट बोर्ड वेबसाइट)





थप समाचार

एलपीएल : घोडाघोडी र कैलाली जिल्ला क्रिकेट क्लव विजयी विजयी 

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]