अस्ट्रेलियालाई हारको खतरा, शाकिबको सनसनी

  • विकेटनेपाल, १२ भदौ

शकिब अल हसनले ५ विकेट हात पारेपछि अस्ट्रेलियालाई बंगलादेशले २१७ रनमै सिमित गर्दै पहिलो टेस्टमा बलियो स्थितिमा पुगेको छ l

२ टेस्टको शृंखला अन्तर्गत पहिलो टेस्टमा टस जितेर ब्याटिंग गरेको बंगलादेशले पहिलो इनिंगमा २६० रन बनाएको थियो l जसपछि आफ्नो पहिलो इनिंग ब्याटिंग गरेको अस्ट्रेलियाले बंगलादेश भन्दा कमजोर ब्याटिंग गर्दै ७४.५ ओभरमा सबै विकेट गुमाएको हो l

ढाकामा जारि टेस्टको दोश्रो दिनको खेल सकिंदा बंगलादेशले ८८ रनको अग्रता लिने क्रममा  ४५ रनमा १ विकेट गुमाएको स्थितिमा रहेको छ l तमिम इकबाल ३० रन तथा तैजुल इस्लाम ० रनमा अविजित रहेका छन् l सौम्य सरकार १५ रन बनाएर आउट भए l

अस्ट्रेलियालाई सस्तोमा समेट्न शाकिब अल हसनले १६ औ पटक टेस्ट क्रिकेटमा ५ विकेटको ( २५.५-७-६८-५ )  प्रदर्शन गरे l अस्ट्रेलियासंग ५ विकेट पुरा गर्ने बितिकै शाकिब ९ वटा टेस्ट रास्ट्र बिरुद्ध ५ विकेट लिने चौथो बलर बनेका छन् l शाकिबसंगै रंगना हेराथ, डेल स्टेन, मुथैया मुरलीधरनले ९ टेस्ट रास्ट्र बिरुद्ध ५ विकेटको प्रदर्शन गर्न सकेका छन् l आफ्नो ५० औं टेस्टमा नै यो उपलब्धि हाँसिल गरेका उनि यो रेकर्ड बनाउने सबैभन्दा छिटो खेलाडी बनेका छन् l मुरलीधारनले ६६ टेस्टमा यो उपलब्धि आफ्नो नाम गरेका हुन् जसले जिम्बाबेसंग ३ पटक ५ विकेट लिएका छन् l

ब्याटिंग तर्फ पनि शाकिब अल हसनले सर्बाधिक ८४ रन बनाए l फोटो – आईसीसी

अस्ट्रेलियाको लागि ओपनिंग ब्याट्सम्यान म्याट रेन्शले सर्बाधिक ४५ रन तथा एस्टन एगरले अविजित ४१ रनको योगदान दिएका थिए l अर्का बंगलादेशी बलर मेहिदी हसनले ३ विकेट हात पारेका थिए l

यस अघि बंगलादेशको लागि ब्याटिंग तर्फ पनि शाकिब अल हसनले सर्बाधिक ८४ रन तथा ओपनर तमिम इकबालले ७१ रन योगदान दिएका थिए l प्याट कमिन्स, नाथन लायन र एस्टन एगरले अस्ट्रेलियाको लागि समान ३ विकेट हात पारेका थिए l

भिडियो 

https://youtu.be/nvilqY7BTos

 





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]