महिला एसिया कपको उपाधि बंगलादेशलाई, फेरी हार्यो भारत

Bangladesh
  • विकेटनेपाल – २७ जेठ, आइतवार

मलेसियामा सम्पन्न महिला एसिया कप टि-२० क्रिकेटको उपाधि बंगलादेशको महिला टोलीले हात पारेको छ। आइतवार सम्पन्न फाइनल खेलमा बंगलादेशले भारतलाई ३ विकेटले पराजित गर्यो।

बंगलादेशले महिला एसिया कपको उपाधि पहिलो पटक हात पारेको हो। उता भारतभने एसिया कप इतिहासमा दोस्रो पटक पराजित हुनपुगेको छ। यसअघि केहि दिनअघि मात्र भारतले बंगलादेशसंग नै हार बेहोरेको थियो।

टस हारेर ब्याटिंग ब्याटिंगको निम्तो पाएको भारतले खराव ब्याटिंग प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र जोडेको थियो। कप्तान हर्मनप्रित कौरले ५६ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। अर्ध-शतकीय पारि खेल्ने क्रममा कौरले ४२ बलमा ७ चौका प्रहार गरेकी थिइन्। यस्तै मिथाली राज र बेदा कृष्णमुर्तिले समान ११-११ रन बनाएका थिए। बंगलादेशको बलिंगमा रुमना अहमद र खडिजा तुल कुब्राले समान २-२ विकेट लिएका थिए।

Harmanpreet Kaur

जवाफमा ११३ रनको बिजय लक्ष्य लिएर मैदान उत्रिएको बंगलादेशले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टाउन सफल भयो। उसको जितमा निगर सुल्तनाले २७ तथा र रुमन्ना अहमदले २३ रनको पारि खेले।

यस्तो थियो रोमान्चक अन्तिम ओभर :

अन्तिम ओभरमा जितका लागि ९ रनको आवश्यकता हुँदा बंगलादेशले ५ विकेट गुमाएको थियो। उसका रुमन्ना अहमद र संजिदा इस्लाम स्ट्राइकमा रहेका थिए। भारतका लागि अन्तिम ओभर गर्ने जिम्मा हर्मनप्रित कौर आफैंले लिईन्।

पहिलो बलमा संजिदा इस्लामले पहिलो १ रन लिंदै रुमन्नालाई स्ट्राइकमा ल्याइन। दोस्रो बलमा रुमन्नाले चौका प्राहार गर्दै बंगलादेशको चेजलाई सहयोग पुर्याइन। तेस्रो बलमाभने रुमन्नाले १ रन लिएपछि संजिदा इस्लामले स्ट्राइक पाइन्। चौथो बलमा ठुलो शट प्रहार गर्ने दाउमा संजिदा बाउन्ड्रीमा बेदा कृष्णमुर्तिको हातबाट क्याच आउट हुनपुगिन्, त्यससमय बंगलादेशलाई जितका लागि २ बलमा ३ रनको आवश्यकता थियो। पाँचौं बलमा रुमन्ना अहमद दोस्रो रन लिने चक्करमा रन आउट हुन पुगिन। अब बंगलादेशलाई अन्तिम बलमा जित जित प्राप्त गर्न २ रन को आवश्यकता थियो र नयाँ ब्याट्सम्यान जहानरा आलमले २ रन लिंदै बंगलादेशलाई ऐतिहासिक जित दिलाउन सफल भईन्।

भारतको बलिंगमा पुनम यादवले ४ तथा हर्मनप्रित कौरले २ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त भएन। प्रतियोगिताको उत्कृस्ट खेलाडीको उपाधि भारतीय कप्तान हर्मनप्रित कौरले प्राप्त गरिन भने फाइनल खेलको म्यान अफ डी म्याच रुमन्ना अहमद घोषित भईन्।

Photo : (@ACC)





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]