इमर्जिंग स्टार्सले तयार पार्यो बिशाल लक्ष, मेहबुबको अविजित इनिंग

  • विकेटनेपाल, २७ साउन

पाँचौं सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि-२० प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा सिंगापुर इमर्जिंग स्टार्सले टस हारेर पहिले ब्याटिंग गर्दै हंगकंगको काउलुन क्रिकेट क्लबलाई १९१ रनको लक्ष  दिएको छ l

वर्षाको कारण ढिला सुरु भएपछि १७ ओभरको इनिंगमा छोट्याएर खेलाईएको इनिंगमा इमर्जिंग स्टार्सको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका क्षितिज शिन्डेले विस्फोटक ब्याटिंग गर्दै ७३ रन योगदान दिए l शिन्डेले मात्र ३१ बलमा ७ छक्का र ४ चौका मदतले उक्त रन बनाएका थिए l

यस्तै ओपनिंग ब्याट्सम्यान चामिन्दा रुवानले ४२ रन ( २७ बल, २ छक्का, ५ चौका ) को योगदान दिए भने अर्का ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३१ रन योगदान दिएका थिए l

चौथो नम्बरमा ब्याटिंग गरेका पारस खड्काले मात्र २ रन बनाउन सकेका थिए भने मेहबुब आलमले सातौ नम्बरमा ब्याटिंग गर्दै अविजित १३ रन बनाए l आलमले ९ बलमा २ चौका प्रहार गरे l

काउलुनको लागि  सुहेब एह्मदले सर्बाधिक ३ विकेट हात पार्दा ३ ओभरमा २० रन खर्चिएका थिए l

खेलको प्रत्यक्ष अपडेटको लागि क्लिक गर्नुस 

यस खेलमा जित हात पार्न सके सिंगापुर इमर्जिंग स्टार्स प्रतियोगिताको सेमीफाइनल प्रवेश गर्नेछ l हिजो भएको खेलमा सिन्हालिज स्पोर्ट्स क्लबसंग ३६ रनले पराजय बेहोरेको स्टार्सले आज दोश्रो खेलमा मेलबर्न क्रिकेट क्लबलाई २९ रनले पराजित गरको थियो जुन क्रममा पारस खड्का ले २ विकेट हात पारेका थिए l

 

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]