बिराट कोहली र अनुस्का शर्माले गरे बिबाह, हेर्नुस फोटोहरु

  • विकेटनेपाल, २५ मङ्सिर 

भारतीय क्रिकेट टिम कप्तान बिराट कोहली र चर्चित बलिउड अभिनेत्री अनुस्का शर्मा आज बिबाह बन्धनमा बाँधिएका छन्।

अत्यन्त गोप्य राखिएको बिबाह समारोहको पहिलो तस्बिर बिराट र अनुस्काले ट्वीटरमा पोस्ट गर्दै अधिकारिक पुस्टि गरेका हुन्।

बिराटले आफ्नो ट्वीट पोस्टमा लेखेका छन्-

“आज हामिले एकअर्कासंग मायाको बन्धनमा सदा बाँधिने बाचा गरेका छौ। हामि आफुलाई भाग्यमानी ठानीरहेका छौ यो समाचार तपाईहरुमाझ राख्न पाउदा।”

कोहलीले अरु लेखेका छन्-

“यो सुन्दर दिनलाई हाम्रो परिवार, फ्यान र सुभचिन्तकहरुको माया र साथ्ले अझ बिशेष बनाउनेछ। धन्यवाद हाम्रो यात्राकको महत्वपूर्ण हिस्सा हुनुभएकोमा”

उता अनुस्का शर्माले पनि आफ्नो ट्वीटरमा कोहलीले लेखेको लाइनहरुनै फरक फोटोका साथ पोस्ट गरेकी छिन्।

कोहली-अनुस्काको बिबाह इटालीको टस्कनिको एक रिसोर्टमा भएको हो जहाँ दुवैजनाको परिवार तथा अत्यन्त निकट व्यक्तित्वहरु मात्रै उपस्थित थिए। श्रोतका अनुसार दुवैले २१ डिसेम्बरमा मुम्बईमा रिसेप्सन पार्टी आयोजना गर्नेछन् जसमा बलिउड र क्रिकेट जगतका हस्तीहरु देखि ठुला राजनीतिक ब्यक्तित्वहरु समेत उपस्थित हुनेछन्।

बिबाहमा सुरक्षा ब्यबस्था अत्यन्त कडा गरिएको थियो जहाँ निमन्त्रणा बाहेकका अरुलाई उपस्थितिको कुनै मौका थिएन। गत हफ्ता देखि बिराट-अनुस्का बीच बिबाहको हल्ला चलीरहेको थियो तर बिबाह कहाँ हुने भन्ने खबर कसैलाई दिईएको थिएन। अनुस्का र बिराट बिगत केहि बर्ष देखि एक-अर्कासंग डेट गरिरहेका छन्।

 

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]