कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षमा विष्ट

२०७६ असार २१, शनिबार १२:५४

– विकेटनेपाल, धनगढी, असार २१

कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षतामा विक्रम विष्ट चयन भएका छन् । संघको विशेष साधारण सभाबाट विष्ट निर्विरोध अध्यक्षमा चयन भएका हुन्।

आज धनगढीमा भएको विशेष साधारण सभाबाट १५ सदस्यीय जिल्ला कार्य समिति पनि निर्विरोध छानिएको छ। संघको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ सचिवमा देवनारायण झा र कोषाध्यक्षमा सम्भु लामिछाने चयन भएका छन्।

त्यसैगरी संघको सदस्यहरुमा भरत जोशी, अनिल कुमार भुजानिया, रुपक विष्ट, गोविन्दराज जोशी, निरज थापा, लोकवहादुर खड्का, हरि रेग्मी, गणेश रजक, ज्ञानेन्द्र क्षेत्री, हेमराज जोशी र महेश बोहोरा निर्विरोध चयन भएका छन्।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy