भारतले पाकिस्तानमा खेल्न नमानेपछि खेल तालिकानै परिवर्तन – नेत्रहीन बिश्वकप

  • विकेटनेपाल, २० पौष- शुक्रबार 

भारतीय टिमलाई भारत सरकारले पाकिस्तानमा खेल्ने अनुमति नदिएपछि नेत्रहीन बिश्वकपको खेल तालिकानै परिवर्तन गरिएको छ।

नेपाल सहित पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया गरि ६ रास्ट्रको सहभागिता रहने प्रतियोगिता जनवरी ८ ( पुष २४ ) देखि सुरु हुँदैछ।

जनवरी ८ देखि पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजना हुन लागेको पाँचौ एकदिवसीय बिश्वकपमा भारतले आफ्नो पहिलो खेल पाकिस्तानसंग पाकिस्तानको गद्दाफी स्टेडियममा जनवरी ८ मा खेल्ने पुर्वनिर्धारित तालिका थियो। तर भारतीय विदेश बिभागले मन्त्रालयले पाकिस्तानमा आफ्नो टिमलाई खेल्न नदिएपछि भारतले अब पहिलो खेल जनवरी ८ मा युएईमा अस्ट्रेलियासंग खेल्ने भएको छ।

भारत र पाकिस्तानको बिग्रेको सम्बन्धका कारण लामो समय देखि दुई देशले एक-अर्कासंग सिरिज खेलेका छैनन्। इन्डियन प्रिमियर लिग आईपीएलमा समेत पाकिस्तानका खेलाडीहरु खेल्दैनन् जसकारण दुई देशको भेट आईसीसीको प्रतियोगितामा मात्र हुने गरेको छ।

पाकिस्तान सरकारले नेत्रहीन बिश्वकप खेल्ने टिमहरुलाई कडा सुरक्षा ब्यबस्था तथा यात्रा गर्दा बुलेटप्रुफ बसको ब्यबस्था गर्दै सुरक्षाको प्रत्याभूति दिलाएपनि भारतीय नेत्रहीन टिमले पाकिस्तानमा खेल्न मौखिक रुपमा अनुमति नदिएको कारण खेल-तालिका अन्तिम समयमा परिवर्तन गर्नुपरेको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिलका अध्यक्ष सयद सुल्तान शाहले जारि गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

परिवर्तित खेल तालिका 

नेपालको पनि खेल-तालिका परिवर्तन 

नेत्रहीन बिश्वकपमा नेपालको पनि खेल तालिका परिवर्तन गरिएको छ। यस अघि पहिलो खेल बंगलादेशसंग जनवरी ८ तारिकमा खेल्ने तालिका थियो तर अब नेपालले पहिलो खेल जनवरी ९ तारिकमा पाकिस्तानसंग जिन्ना स्टेडियममा खेल्नेछ।

यस्तै नेपालले दोश्रो खेलमा १० जनवरीमा बंगलादेशसंग इकबाल स्टेडियममा खेल्नेछ। तेश्रो खेल श्रीलंकासंग १३ जनवरीमा युएईको अज्मान ओभल मैदानमा, चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

सहभागी ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ।

प्रतियोगितामा सहभागिता जनाउन नेपाली टिम शुक्रबार पकिस्तान्न पुगीसकेको छ जसलाई आयोजकले भव्यताका साथ स्वागत गरेको छ। नेपाली टिमको कप्तानी कृतन श्रेष्ठले गर्नेछन्। टिमको प्रशिक्षण रिजन प्रजुले गर्नेछन्।

नेपालको नेत्रहीन बिश्वकप इतिहास 

नेपालले सन् २०१२ र २०१७ गरि २ पटक टि-२० बिश्वकप मा सहभागिता जनाईसकेको छ। एकदिवसीय बिश्वकपमा भने नेपालको सहभागिता पहिलो पटक हो। नेपाल टि-२० बिश्व कपको दुवै संस्करणको पहिलो चरणबाटै बाहिरिएको थियो।

गत बर्ष भारतमा सम्पन्न टि-२० बिश्वकपमा नेपालले न्युजिल्याण्ड र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। सो बिश्वकपमा नेपाली खेलाडी पदम बडेलले न्युजिल्याण्डबिरुद्ध दोहोरो शतक प्रहार गरेका थिए । उक्त दोहोरो शतक दृस्टीबिहिन क्रिकेटको इतिहासकै पहिलो दोहोरो शतक थियो ।

सन् १९९६ देखि आयोजना थालिएको एकदिवसीय बिश्वकपको प्रथम संस्करणको उपाधि दक्षिण अफ्रीकाले जितेको थियो भने त्यसपछि सन् २००२ र २०१४ को उपाधि भारतले तथा सन् २००६ को उपाधि पाकिस्तानले जितेको थियो।

सम्बन्धित समाचार – 

 





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]