भारतसंग पाकिस्तान पराजित : नेत्रहिन बिश्वकप

२०७४ पुष २८, शुक्रबार १९:२२

 – विकेटनेपाल, पौष २८ – शुक्रबार 

पाकिस्तान र युएईमा भइरहेको पाँचौ नेत्रहीन एकदिवसीय बिश्वकप अन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

जितसंगै भारत पाकिस्तानलाई पछि पार्दै बिश्वकप अंकतालिकाको शिर्षस्थानमा उक्लेको छ। पाकिस्तानले ३ खेल खेल्दा २ जित र १ हार बेहोरेको छ भने भारतले ३ खेलमा २ जित हात पार्यो भने १ खेल वर्षाले नतिजाबिहिन टुंगेको थियो। पाकिस्तानको ३ खेलमा ६ अंक तथा भारतको ३ खेलमा ७ अंक भएको छ।

प्लेयर अफ द म्याच दिपक मलिक

युएईको अज्मान ओभल मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ४० ओभरमा ८ विकेट गुमाई २८२ रन बनाएको थियो। पाकिस्तानको लागि मोहम्मद जामिलले सर्बाधिक ९४ रन तथा निसार अलिले ६३ रनको योगदान दिएका थिए।

जवाफमा ब्याटिंग गरेको भारतले ३५ ओभरमानै लक्ष पुरा गर्दै ७ विकेटको सहज जित हाँसिल गर्यो। जितमा खेलको प्लेयर अफ द म्याच चुनिएका दिपक मलिकले अविजित अर्धशतकीय इनिंग खेल्ने क्रममा ७१ बलमा ८ चौका मदतले ७९ रन बनाए। मालिकले श्रीलंकासंगको खेलमा पनि अविजित १७९ रनको इनिंग खेलेका थिए।

भारतले यस अघि श्रीलंकालाई ६ विकेटले पराजित गरेको थियो भने अस्ट्रेलियासंगको खेल वर्षाले रद्द भएको थियो। पाकिस्तानले नेपाललाई ९ विकेटले तथा बंगलादेशलाई ९ विकेटलेनै पराजित गरेको थियो।

नेपालको खेल अस्ट्रेलियासंग 

प्रतियोगितामा नेपालले खेलेको दुवैवटा खेलमा पराजय बेहोरेको छ जुनक्रममा पहिलो खेलमा पाकिस्तानसंग ९ विकेटले तथा दोश्रो खेलमा बंगलादेशसंग ४ विकेटले हारेको थियो। तेश्रो खेलमा नेपालले शनिबार श्रीलंकाको सामना गर्नेछ। नेपाल-अस्ट्रेलिया बीचको खेल युएईको एमसीसी मैदानमा खेलिनेछ।

अस्ट्रेलियाले प्रतियोगितामा श्रीलंकासंग ३०३ रनको पराजय बेहोरेको थियो भने आज बंगलादेशसंग ७ विकेटको पराजय बेहोरेको छ। यस्तै भारतसंगको खेल बर्षाले रद्द भएको थियो जसपछि अस्ट्रेलिया पनि पहिलो जितको खोजिमा रहेको छ।

नेपालले चौथो खेल १४ जनवरीमा भारतसंग इडन गार्डेन मैदान युएईमा तथा लिगको पाँचौ अन्तिम खेलमा अस्ट्रेलियासंग एमसीसी मैदान युएईमा १५ जनवरीमा खेल्नेछ।

नेपाल सहित पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, अस्ट्रेलिया गरि ६ रास्ट्रको सहभागिता प्रतियोगितामा ६ टिमबाट लिग अंक तालिकाको शिर्ष ४ भित्रमा रहने टिमले सेमीफाइनलको यात्रा गर्नेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy