बोल्टको घातक बलिंगमा पाकिस्तानको लज्जास्पद हार, २५ बर्ष यताकै कमजोर ब्याटिंग

  • विकेटनेपाल, २९ पौष – शनिबार 

पाकिस्तानलाई तेश्रो एकदिवसीयमा पनि पराजित गर्दै न्युजिल्याण्डले ५ एकदिवसीयको सिरिज ३-० ले जितेको छ।

पहिलो एकदिवसीय ६१ रनको तथा दोश्रो एकदिवसीयमा ८ विकेटको जित निकालेको घरेलु टिमले तेश्रो एकदिवसीयमा १८३ रनको बिशाल अन्तरले पाकिस्तानलाई पराजित गर्यो।

युनिभर्सिटी ओभल मैदानमा टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभरमा सबै विकेट गुमाई २५७ रनको योगफल तयार पारेको थियो। कप्तान केन विलियमसनले सर्बाधिक ७३ रन, रोस टेलरले ५२ रनको योगदान दिए। १०१ बलको इनिंगमा विलियमसनले ७ चौका प्रहार गरेका थिए। मार्टिन गुप्टिलले ४५ तथा टम लाथम ३५ रन योगदान दिए।

पाकिस्तान बलर रुम्मन रईसले ३ ( १०-०-५१-३ ) तथा हसन अलिले ३ ( १०-०-५९-३ ) विकेट हात पारे भने शदाब खानले २ विकेट आफ्नो नाम गरे।

केन विलियमसन

पाकिस्तानको लज्जास्पद ब्याटिंग 

२५८ रनको लक्ष पछ्याउने क्रममा पाकिस्तानले अत्यन्त खराब ब्याटिंग गर्दै ७४ रनमै सबै विकेट गुमाएको थियो। पाकिस्तानको यो योगफल बिगत २५ बर्ष देखिको सबैभन्दा कम हो।

सन् १९९३ मा पाकिस्तान वेस्ट इन्डिजसंग ४३ रनमै अलआउट भएको थियो जुन एकदिवसीयमा पाकिस्तानको सबैभन्दा कम योगफल हो। त्यसपछि सन् १९९३ मा पाकिस्तान वेस्ट इन्डिजसंग ७१ रनमा अलआउट भएको थियो भने सन् १९९२ मा इंगल्याण्डस्नाग ७४ रनमै अलआउट भएको थियो।

एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरमा अलआउट हुने टिम जिम्बाबे हो जसले श्रीलंकासंग सन् २००४ मा ३५ रनमै सबै विकेट गुमाएको थियो।

बोल्टको ५ विकेट 

२७.२ ओभरमै सम्पूर्ण पाकिस्तान ब्याट्सम्यानलाई पेभेलियन फर्काउन न्युजिल्याण्ड बलर ट्रेन्ट बोल्ट एक्लैले ५ विकेट हात पारेका थिए।बोल्टले ७.२ ओभर बलिंग गर्दा १ मेडन ओभर फाल्दै मात्र १७ रन खर्चे। यस्तै कोलिन मुनरो र लकी फर्गुसनले २/२ विकेट हात पारे।

पाकिस्तानले पहिलो ८ विकेट ३२ रनको स्कोरमै गुमाएको थियो। नवौं विकेटको लागि मोहम्मद आमिर र कप्तान सरफराज अहमदले २० रनको तथा दशौ विकेटको लागि अहमदले रुम्मन रइससंग २२ रनको साझेदारी गर्दै हारको अन्तर कम गरेका थिए।

दुइ देश बीच चौथो एकदिवसीय जनवरी १६ मा तथा पाँचौ एकदिवसीय जनवरी १९ मा खेलिनेछ। एकदिवसीय शृंखला पछि ३ वटा टि-२० अन्तर्राष्ट्रियको शृंखला खेल्नेछन्।

( फोटो तथा ग्राफिक्स – आईसीसी )

 





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]