डन ब्र्याडम्यानलाई पछि छाडे यी अफगानिस्तान खेलाडीले

  • आईसीसी-२६ पौष, बुधवार

क्रिकेटको दुनियाँमा सबैभन्दा धेरै ईज्जत कमाएको नाम हो सर डन् ब्र्याडम्यान जसको कारण हो उनको औसत। फर्स्ट क्लास क्रिकेटमा ब्र्याडम्यानको करिव १०० को औसत छ। तर तपाईंलाई सुन्दा अपत्यारिलो लाग्न सक्छ, अफगानिस्तानका एक यूवा खेलाडीले सर डन् ब्र्याडम्यानलाई पनि पछी छाडेका छन्।

क्रिकेटमा कुनैपनि रेकर्ड सुरक्षित हुदैनन् भन्ने भनाईलाई पुष्टि गर्दै अफगानिस्तानका बहिर साहले ब्र्याडम्यानको रेकर्डलाई पछि पारेका छन्।

सर डन ब्र्याडम्यान

फर्स्ट क्लास क्रिकेटमा ब्र्याडम्यानको ९९.९४ को औसत रहेको छ। तर अफगानिस्तानका यी यूवा ब्याट्सम्यानले ब्र्याडम्यानलाई औसतको मामलामा निकै पछी छाडेका छन्। साहको फर्स्ट क्लास क्रिकेटमा १२१.७७ को औसत रहेको छ।

१८ बर्षिय साह न्यूजील्याण्डमा आगामी हफ्ता देखि सुरु हुन गइरहेको यु-१९ विश्वकपमा अफगानिस्तानको टोलिमा छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको आधिकारिक वेबसाइट icc-cricket.com ले उनको वर्तमान प्रथम श्रेणीको औसत बारे लेख प्रकासित गर्दै उनलाई ब्र्याडम्यानसंग तुलना गरेपछि साहको चर्चा झनै चुलिएको हो।


साहले खेलेका पहिलो ६ इनिंगमानै ८३१ रन बनाएका थिए। उनले हालसम्म १२१.७७ को औसतमा १,००० भन्दा धेरै रन बनाईसकेका छन्। आफ्नो पहिलो खेलमानै २५६ रनको अविजित इनिंग खेलेका साहले त्यसको एक खल पछाडीनै दुवै इनिंगमा शतक बनाउंदै सबैको ध्यान खिचेका थिए। हालसम्म कुल ७ वटा प्रथम श्रेणी खेलको १२ इनिंग खेलेका उनले १०९६ रन बनाईसकेका छन् जसमध्ये ३ इनिंगमा उनि अविजित थिए।

प्रथम श्रेणीमा धेरै ब्याटिंग औसत ( कम्तिमा १,००० रन पुरा गरेका खेलाडीहरु मात्र ) 

क्रम  नाम देश  औसत
1  बहिर साह Afg  121.77
2  सर डन ब्र्याडम्यान Aus  95.14
3  विजय मर्च्यान्ट Ind  71.64
4  जर्ज हेड्ली WI  69.86

पहिलो दुई खेलबाटनै सबैको ध्यान केन्द्रित गरेका साहले तेस्रो खेलमा अर्को किर्तिमान आफ्नो नाम गरे। आफुले खेलेको तेस्रो खलमानै तिन सय रन प्रहार गर्दै साहले सबैभन्दा कम उमेरमा तिन सय रन बनाउने किर्तिमान आफ्नो नाम गरे। यसअघि यो रेकर्ड यसअघि पाकिस्तानका जावेद मियांदादको नाममा रहेको थियो।

हाशिम आम्लालाई आफ्नो आदर्श मान्ने साहले तिन सय रन बनाउंदा दुई दिन ब्याटिंग गरेका थिए। आफ्नो फिट्नेसमा धेरै ध्यान दिने भएकाले आफुलाई लामो समय ब्याटिंग गर्दा कुनै समस्या नभएको उनले बताएका छन्।

बहिरसंग सबैभन्दा छिटो १,००० रन बनाउने किर्तिमानलाई आफ्नो नाम गर्ने मौका थियो। तर त्यो मौकालाई भने उनले आफ्नो नाम गर्न सकेनन्। उनले यो रेकर्ड तोड्न सक्ने खेल बर्षाका कारण अबरुद्ध भएको थियो। खेलमा बर्षा बाधक बन्दा साह ९ रनमा अविजित थिए।

सानै उमेरमा कीर्तिमानी ब्याटिंग गरेका साहले यु-१९ बिश्वकपमा कस्तो प्रदर्शन गर्लान् र यही प्रथम श्रेणी औसतलाई पछिसम्म कायम गर्लान् या नगर्लान पक्कै पनि प्रतीक्षाको बिषय हुनेछ तर अहिलेसम्मको प्रदर्शनले बिश्व क्रिकेट जगतलाई चकित भने अवस्य बनाएको छ।

आईसीसीमा आज प्रकासित लेखको मदतले तयार गरिएको हो – Meet Baheer Shah, the Afghan wunderkind who is outdoing Bradman





थप समाचार

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]