इंग्ल्याण्ड बिरुद्धको टि-२० अन्तर्राष्ट्रिय शृंखला अघि भारतलाई झड्का

  • विकेटनेपाल – १७ असार, आइतवार

आगामी जुलाई ३ बाट सुरुहुने इंग्ल्याण्ड र भारतको टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अघि भारतलाई ठुलो झड्का लागेको छ। भारतीय दलका प्रमुख बलर जस्प्रित बुम्राहले औंलाको चोटका कारण इंग्ल्याण्ड बिरुद्धको टि-२० शृंखला गुमाउने भएका हुन्।

केहि दिन अघि सम्पन्न आयरल्याण्ड बिरुद्धको पहिलो टि-२० अन्तर्राष्ट्रिय खेलका क्रममा बुम्राहको देब्रे हातको औंलामा चोट लागेको थियो। त्यसपछि उनले आयरल्याण्ड बिरुद्धको दोस्रो खेल समेत गुमाएका थिए। बुम्राहको चोटका बिषयमा आधिकारिक समाचार बाहिर नआएपनि उनले टि-२० शृंखला गुमाउने पक्का भैसकेको छ। ३ खेलको टि-२० शृंखला पछि सुरुहुने ३ खेलको एक दिवसीय शृंखलामा भने उनि ठिक हुने अनुमान राखिएको छ। टि-२० शृंखलाका लागि बुम्राहको स्थानमा भारतले दिपक चाहरलाई टोलीमा समावेश गरिसकेको छ।

Dipak Chahar

यस्तै एक दिवसीय र टि-२० टोलीका सदस्य वाशिंटन सुन्दर समेत खुटाको चोटका कारण इंग्ल्याण्ड बिरुद्धको लिमिटेड ओभर शृंखलाबाट बाहिरिएका छन्। सुन्दरको स्थानमा टि-२० टोलीमा क्रुनाल पान्ड्या र एक दिवसीय टोलीमा अक्सर पटेलले स्थान पाएका छन्। यस बर्षको इन्डियन प्रिमियर लिगमा क्रुनालले मुम्बई इन्डियन्सको तर्फबाट खेल्दै १४ खेलमा  १२ विकेट लिनका साथै २२८ रन बनाएका थिए।

यहि जुलाई ३ तारिखबाट भारतले इंग्ल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय शृंखला तथा जुलाई १२ बाट एक दिवसीय शृंखला खेल्दैछ। लिमिटेड ओभर शृंखला पछि भारत र इंग्ल्याण्डको बिचमा ५ टेस्टको शृंखला हुनेछ।

भारतीय टि-२० स्क्वाड : बिराट कोहली (कप्तान), शिखर धवन, रोहित शर्मा, लोकेश राहुल, सुरेश रैना, मनिष पाण्डे, महेन्द्र सिंह धोनी (विकेटकिपर), दिनेश कार्तिक, युजभेन्द्र चहल, कुलदिप यादव, क्रुनाल पान्ड्या, भुवनेश्वर कुमार, दिपक चाहर, हार्दिक पान्ड्या, सिदार्थ कौल, उमेश यादव

फोटो: स्पोर्ट्स डट एनडीटिभी





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]